देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अभिनेता केसीलाई म्याद थपका लागि अदालत लगिने

देशान्तर


काठमाडौं । अभिनेता अनमोल केसी आपराधिक विश्वासघातविरुद्धको कसुरमा पक्राउ परेका छन् । शुक्रबार पक्राउ परेका केसीलाई आज आइतबार म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ । केसी महाराजगन्जस्थित चिरायु अस्पतालमा भर्ना भएका छन् । केही दिनदेखि काठमाडौं बाहिर रहेका अनमोल बिरामी भएको र पक्राउ परेपछि उनको स्वास्थ्य अवस्था झनै कमजोर बनेको उनी निकटले जनाएका छन् ।
सुदर्शन थापाले निर्देशन गर्ने रावायण चलचित्रको लागि अनुबन्धित भएका केसीले १० लाख रुपैयाँ एडभान्स लिएको तर सुटिङको तयारी भइसक्दा उनले चलचित्र खेल्न आनाकानी गर्दा आफ्नो करिब डेढ करोड लगानी डुबेको निर्माण पक्षको दाबी छ ।
सुदर्शन थापा फिल्म्सकी प्रमुख सुप्रिया कटुवालको उजुरीमा प्रहरीले अनमोललाई पक्राउ गरेको हो । पक्राउ पर्ने सुईंको पाएका अनमोलले पक्राउ पर्नुभन्दा दुई अगाडि नै उच्च अदालत, पाटनबाट निषेधाज्ञाको आदेश लिएको पाइएको छ । उनले गत बुधबार पक्राउ नगर्न जारी निषेधाज्ञाको अन्तरिम आदेश लिएको भेटिएको हो । तर, ‘आपराधिक विश्वासघात’को उजुरीका कारण प्रहरीले अनमोललाई पक्राउ गरेको हो । अनमोलमाथि एक करोड १५ लाखको आर्थिक विश्वासघात गरेको आरोप लागेको छ ।