देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अभिनेता अनमोल केसी पक्राउ

देशान्तर

काठमाडौँ । अभिनेता अनमोल केसी पक्राउ परेका छन्। उपत्यका प्रहरी अपराध महाशाखाले उनलाई भक्तपुरबाट पक्राउ गरेको हो ।

फिल्म ‘रावायण’मा काम गर्ने वचन दिएर पनि अन्तिम अवस्थामा नगरेपछि केसी विरुद्ध निर्देशक सुदर्शन थापाको ब्यानर सुदर्शन फिल्मस्ले प्रहरी कार्यलयमा उजुरी दिएको थियो । केसीलाई शुक्रवार भक्तपुरको साँगाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीमाथि एक करोड १५ लाखको आर्थिक विश्वास घात गरेको आरोप लागेको छ । उनलाई उपत्यका अपराधको हिरासतमा राखिएको छ ।