देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रपतिसमक्ष चार मुलुकका नेपाली राजदूतको शपथ

देशान्तर


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न चार मुलुकका लागि नियुक्त नेपाली राजदूतहरुले पद तथा गोपनियताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा आज आयोजित समारोहमा सुधीर भट्टराई (फ्रान्स) तेजबहादुर क्षेत्री (संयुक्त अरब इमिरेट्स) घनश्याम लम्साल कुवेत र रामप्रसाद सुवेदी (स्वीट्जरल्याण्ड)ले शपथ लिएका हुन् ।

सो अवसरमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।