देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शिक्षक पछि डाक्टर सडक आन्दोलनमा

देशान्तर

काठमाडौं । काठमाडौंका प्रमुख अस्पतालका आवासीय चिकित्सक आन्दोलनमा उत्रिएका छन् । वीर, त्रिवि शिक्षण, पाटनलगायतका अस्पतालका चिकित्सकहरूले मंगलबार माइतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरूले चिकित्सकमाथि आक्रमण गर्नेलाई ‘जेल विथ आउट वेल’को माग गरेका छन् ।
आन्दोलनमा रहेका चिकित्सकहरूले ‘डाक्टर कुट्न पाइँदैन, एनएमए होसियार’ जस्ता नारा लगाउँदै गृहमन्त्री र स्वास्थ्यमन्त्रीको राजीनामा माग गरेका थिए । पछिल्लो समय पोखरा र चितवनमा चिकित्सकमाथि सुरक्षाकर्मीकै अगाडि कुटपिट गरिएको थियो । चिकित्सकमाथि पटक–पटक कुटपिट हुँदा समेत कारबाही नगरेको भन्दै गृह र स्वास्थ्यमन्त्रीको नाममा एक मिनेट मौन धारण गरेका थिए ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका आवासीय चिकित्सकहरूले आकस्मिक सेवा बाहेक सबै सेवा बन्द गरेका छन् ।
लगातार स्वास्थ्यकर्मी तथा चिकित्सकमाथि हातपात भइरहेकाले काम गर्ने वातावरण नभएको भन्दै ५ सय जना आवासीय चिकित्सकले आकस्मिक बाहेक अन्य सेवा ठप्प पारी आन्दोलनमा उत्रेका हुन् । चिकित्सकको सुरक्षा ग्यारेन्टी नभएसम्म काममा नफर्किने आवासीय डाक्टरहरूले अडान लिएका छन् ।