देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विज्ञापनमा स्वदेशी कलाकारको फोटो प्रयोग गर्न निर्देशन

देशान्तर

काठमाडौं । विज्ञापन बोर्डले होर्डिङ बोर्ड, सवारी साधन लगायतका माध्यममा विज्ञापन गर्दा अनिवार्य स्वदेशी कलाकार र व्यक्तिको फोटो राख्न विज्ञापनदाता, एजेन्सी र सञ्चारमाध्यमलाई निर्देशन दिएको छ ।

विज्ञापन नियमावली-२०८० को नियम ९ (क)को उपनियम (३) मा पहिलो संशोधन गर्दै बोर्डले नियमानुसार स्वदेशी कलाकार वा व्यक्तिको फोटो राखी विज्ञापन गर्न भनेको हो । बोर्डले विज्ञापनबाट विदेशी कलाकार वा व्यक्तिको फोटो हटाउन समेत भनेको छ । बोर्डको यो निर्णयपछि स्वदेशी कलाकार र विज्ञापन बजार अझै विस्तार हुने अपेक्षा गरिएको छ ।

बोर्डको यो निर्देशनको नेपाली कलाकारहरुले स्वागत गरेका छन् ।