देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरस डान्सर हुँदै सफल निर्देशक बनेका देवेन्द्र पाण्डे

देशान्तर


काठमाडौं । धादिङ धुनीबेंसी नगरपालिका—३ मा जन्मेका देवेन्द्र पाण्डे २०५९ सालतिर कोरस डान्सर थिए । सिनियर कलाकारको पछाडि नाच्ने पाण्डेले सहायक निर्देशक हुँदै अहिले सफल भिडियो निर्देशकका रूपमा आफूलाई स्थापित गरेका छन् ।
२०६० मा ‘साधना कला’ केन्द्रमा भर्ना भएर नृत्य सिकेका पाण्डे सफल कोरियोग्राफर पनि हुन् । उनले केही ठूलो पर्दाका चलचित्रको समेत निर्देशन गरेका छन् पाँच सयभन्दा बढी म्युजिक भिडियोमा नृत्य गरेका पाण्डेले, २०६५ सालमा ‘छुट्टिँदैमा माया मर्दैन’ बोलको गीतबाट आफैं निर्देशनमा डेब्यु गरेको बताए । पाण्डेले म्यूजिक खवर म्यूजिक खवर अवार्ड, निम अवार्ड, राप्ती अवार्ड, क्यापिटल अवार्ड, साधना म्युजिक अवार्ड रिवार्डलगायत दर्जन बढी अवार्ड पाएका छन् । प्रस्तुत छ पाण्डेसँग देशान्तरकर्मी लोकराज अधिकारीले गरेको छोटो कुराकानी ।

अहिलेसम्म निर्देशन गरेको म्युजिक भिडियोको संख्या कति पुग्यो ?
अहिलेसम्म सबै खाले म्युजिक भिडियो गरी ३५० को हाराहारीमा पुगेको छ ।
चलचित्रको संख्या ?
तीनवटा चलचित्र । ‘वान साइद लभ’, ‘भिलेन’ र ‘मानिस ठूलो दिलले हुन्छ’ । तेस्रो चलचित्र चाहिँ गीति चलचित्र हो । गीतैगीतको संवाद रहेको सायद पहिलो चलचित्र हो ।
कोरियोग्राफी गाह्रोे कि निर्देशन गाह्रो ?
रमाइलो प्रश्न सोध्नु भो । मेरो पेसा निर्देशन । अब नाच्न नजानेको भए कोरियोग्राफी गारो भन्ने हुन्थ्यो होला । म कोरियोग्राफी र निर्देशन दुवै गर्न सक्ने भएकोले मेरो लागि दुवै सजिलो ।
आफ्ना तीन वटा मात्र हिट नम्बरको नाम लिनुपर्दा ?
हिट नम्बर त धेरै छन् अहिले प्रश्न नै तीन वटाको आएकोले, बग्ने खोला बगिगो, हल्का हल्का लजाएर, मन बुढो भएन ।

सहकार्य गरेका लोकप्रिय कलाकारहरू सम्झिनु पर्दा ?
महानायक राजेश हमाल नायिका करिश्मा मानन्धर, लोकप्रिय अभिनेता पल शाह, पुष्प खड्का, पूजा शर्मा, केकी अधिकारी, अनु शाह, नीता ढुंगानालगायत लोकप्रिय नयाँ पुराना सबैसँग काम गरेको छु ।
पुरानासँग काम गर्दा अनुभव र व्यक्तित्वले गर्दा आफू छायाँमा परिन्छ भन्ने भयो कि भएन ? सजिलो कोसँग काम गर्दा हुने रैछ नयाँसँग कि पुरानासँग ?
अलिअलि त त्यस्तो हुन्छ नै सिनियर भनेको सिनियर नै हो । तर सेटमा पुगेपछि निर्देशक भनेको फेरि निर्देशक नै हो । केही कुरा उहाँहरूबाट हामीले सिक्छौ भने केही कुरा उहाँहरूले हामीबाट पनि सिक्नुहुन्छ । त्यसैगरी नयाँसँग पनि हामीले केही कुरा सिक्न पाउँछौं । तर तुलनात्मक रूपमा नयाँसँग भन्दा पुरानासँग काम गर्न सजिलो हुन्छ नै किनकि उहाँहरूलाई सबै कुरा थाहा हुन्छ । नयाँलाई अलि बढी सिकाउनुपर्छ । तर म आफ्नै कोरस डान्सर हुँदै निर्देशक भएकोले कस्लाई कसरी सिकाउन सकिन्छ भन्ने अनुभव भएकोले सेटमा पुगेपछि त्यति गाह्रो हँुदैन ।
म्युजिक भिडियोको अहिलेको अवस्था कस्तो छ ?
मेरो आँखाले म्युजिक भिडियोको अहिले अवस्था असाध्यै राम्रो देख्छ । किनकि हिजोको तुलनामा हामी प्रविधिको प्रयोगमा धेरै अगाडि आइसकेका छांै । कतिपय म्युजिक भिडियो त चलचित्रका गीतको भन्दा राम्रो बनेका छन् । लगानी सुरक्षित गरेका छन् र फाइदा पनि दिएका छन् ।
म्युजिक भिडियो निर्देशक समाजको कार्यवाहक अध्यक्षको हैसियतले भन्दा म्युजिक भिडियोको गुणस्तर बढाउन र निर्माता जोगाउन समाजको योजना के छ ?
समाजको दोस्रो साधारणसभा भर्खरै सकिएको छ । निर्देशकहरूको हकहितका बारेमा त समाजले सोच्छ नै तर समाजलाई के थाहा छ भने निर्माताबिना निर्देशक बन्न सकिँदैन । त्यसमाथि म्युजिक भिडियोका अधिकांश निर्माता भनेका तपाईं जस्तै गीतकारहरू हुनुहुन्छ । समाजले गीतकार अर्थात् निर्मातालाई कसरी सुरक्षित राखेर म्युजिक भिडियो त्यो पनि हेरांै हेरौं लाग्ने भिडियो बनाउने र अन्तर्राष्ट्रिय क्षेत्रमा पनि नेपाली म्युजिक भिडियोको चर्चासँगै नेपाली गीति साहित्यको प्रवद्र्धन गर्ने भन्नेमा केन्द्रित छ । निर्देशक एक्लैले चाहेर मात्र चाहिँ यो सबै हुँदैन फेरि । म्युजिक भिडियोसँगसम्बन्धी सिंगो टिमको उत्तिकै चासो च चिन्ता हुनुपर्छ