देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सहकारी संस्थामा ऋण लगानी तथा असुली : समसामयिक चर्चा

देशान्तर

  • विषय प्रवेश:

पैसा छैटौ इन्द्रिय हो, जसको अभावमा पाँचवटा इन्द्रियहरु चल्दैनन” फ्रान्सेली लेखक Sumerset  Maugham को यो भनाइलाइ  सकारात्मक र नकारात्मक दृष्टीकोणले व्याख्या गर्न सकिन्छ । पैसा देखे पछि महादेवका पनि तीन नेत्र भन्ने प्रचलित नेपाली उक्तीको अर्थमा र अर्को तर्फ पैसा कुनै पनि व्यवसाय वा उद्यमको लागि ईन्धनको रुपमा ।  ईन्धन नभरेसम्म गाडी नचलेझै पैसा विना कुनै पनि व्यवसाय संचालनको कल्पना गर्न सकिदैन । आफ्नो व्यवसायमा भएको पूँजीको कमीलाई पूरा गर्न ऋणको सहारा लिने गरिन्छ । आफ्नो पैसा (Equity) मा ऋण मिसाएर लगानी गरेमा ऋणले उत्तोलक(Lever) को काम गर्ने र सहज भै प्रतिफल प्राप्त हुने गर्दछ । अर्थशास्त्रमा ऋण भन्नाले उद्यमशीलता परिपूर्ती गर्ने माध्यम हो । ऋण सधै उत्पादनशील क्षेत्रमा लगानी गरी आफ्नो व्यवसायमा भएको पूँजीको कमीलाई पूरा गर्नु हो भन्ने मान्यता हुनु पर्दछ । मानिस समाजमा वस्दा लेनदेन गर्नु व्यवहारिक जीवनको नियमित प्रकृया  पनि हो । मानिसको आवश्यकता तथा आर्थिक हैसियतका आधारमा  धेरथोर लेनदेन सवैले गरेका हुन्छन ।

यहाँ सहकारीवाट लगानी हुने ऋण तथा अशुलीको सन्दर्भमा  चर्चा गर्ने प्रयास गरिएको छ । सदस्यहरुको निश्चित उदेश्य एवं आवश्यकता पूरा गर्न निश्चित समय भित्र एकमुष्ट वा पटक पटक गरी व्याज सहित फिर्ता गर्न सर्तमा सदस्यलाइ लगानी गरिएको रकम ऋण हो ।  सहकारी संस्थाले आफूलाइ जोखिम रहित ढंगले प्रतिस्पर्धीरुपमा सक्षम, सवल र सफल संस्थाको पहिचान वनाउदै आफ्ना शेयर सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कृतिक हित अभिवृद्दी गर्नु पर्ने मुख्य लक्ष्य रहेको हुन्छ । सहकारीको विकास मात्र  होइन सामाजिक विकासमा समेत समर्पित हुनु पर्ने आजको आवश्यकता र अनिवार्यता रहेको छ ।

सहकारीहरुले आफ्ना शेयर सदस्यहरुको हितलाइ दृष्टिगत गरी ऋण लगानी किस्तावन्दीमा गर्ने गर्छन । समान्यतया एक वर्ष देखि पाँच वर्ष सम्मको किस्ता अवधि सदस्य अनुकूल वनाएको पाइन्छ । यसरी किस्तामा लगानी भएको ऋणलाइ मात्र भाखा नाघेको छ छैन भनी विश्लेषण गर्न सकिन्छ । भाखा नाघेको ऋणको विश्लेषणको लागि ऋण दिने संस्था र ऋणी सदस्य विचमा ऋण प्रवाह हुँदाका वखत गरिएको सम्झौता पत्र र ऋण भुक्तानी तालिकाको अनिवार्य व्यवस्था गरिनु पर्छ । अन्यथा अशुलीमा जटिलता आउन सक्छ ।

  • ऋणको वर्गिकरण:

सहकारी मापदण्ड २०६८ ले सहकारीले लगानी गर्ने ऋणको वर्गिकरण  तपसिल अनुसार तीन भागमा वाँड्न र सोही अनुसार ऋण जोखिम कोषको व्यवस्थापनको लागि निर्देश गरेको पाइन्छ ।

ऋणको वर्गीकरण  भाख नाघेको अवधिऋण नोक्सानी कोषको व्यवस्था
असल ऋणभाखा ननाघेकोकूल लगानीको एक %
शंकास्पद ऋण१ बर्ष सम्म भाखा नाघेकोकुल भाखा नाघेको ऋणको ३५ %
खराव ऋण१ बर्ष भन्दा बढि भाखा नाघेकोकुल भाखा नाघेको ऋणको १०० %
  • असल ऋण :– सहकारीले ऋणीलाइ उपलव्ध गराइएको ऋण भुक्तानी तालिका वमोजिम नियमितरुपमा सावाँ र किश्ता बुझाइ रहेको ऋणको कुल जोड हो ।
  • शंकास्पद ऋण : सहकारीले ऋणीलाइ उपलव्ध गराइएको ऋण भुक्तानी तालिका वमोजिम ऋणीले ऋण भुक्तानी नगरेको दिन देखि ३६५ ‌औ दिनसम्मको अवधि सम्झनु पर्छ ।

ग  )खराव ऋण :– भाखा नाघेर एक वर्ष अर्थात ३६५ दिन पूरा भएको ऋणको कुल जोड हो ।

  • कर्जा नोक्सानी कोष :– तालिकामा देखाइएको ऋण नोक्सानी कोषको व्यवस्था सम्वन्धमा थोरै चर्चा गरौ। नियमानुसार भुक्तानी तालिका अनुसार समयमा नै अशुल भै रहेको अशल ऋणको हकमा १ % रकम छुट्याइ खर्च लेखि ऋण नोक्सानी कोषमा अलग्गै राख्ने गरिन्छ । आगामी वर्षको अन्त्यमा ऋण रकम वढेमा वढे जतिको  रकम थप गरिन्छ । यसले संस्थालाइ केहि असर गर्दैन ।

 त्यस्तै शंकास्पद र खराव ऋण जति छ सो को क्रमश: ३५% र १००% रकम छुट्याउदा खर्च वढि भै संस्था नोक्सानीमा जान सक्ने तत्कालिन असर त छदैछ यसले संस्थालाइ दीर्घकालिन असर पर्न जान्छ ।

सहकारी संस्थाको हकमा ऋण जोखिममा आधारित सम्पत्ति हो । संस्थावाट ऋण वाहिरिने वित्तिकै जोखिम शुरु हुन्छ । सुरक्षित ऋण लगानी ( Secured Loan Investment)  नीतिमा  ध्यान दिनु पर्छ । पर्ल्स सूचकांक अनुसार भाखा नाघेको ऋणको लागि अनिवार्यरुपमा जोखिम व्यवस्थापन (provision) गर्नु पर्दछ ।

  • नीतिगत व्यवस्था :–  सहकारीको कुल सम्पतिको  खुद लगानीमा रहेको ऋणको अनुपात ७०% देखि ८०% हुनु पर्नेमा संस्थाको कूल सम्पतिको ९०%  भन्दा वढि सम्म  पनि ऋण लगानीमा रहेको पाइन्छ । सहकारी संस्थावाट ऋण लिए पछि तिर्नु  बुझाउनु पर्ने अधिकतम व्याजदरको सीमा (सन्दर्भ व्याज दर ) १४.७५ % निर्धारण भै कार्यान्वयनमा आइ रहेकोमा कुनै कुनै सहकारीले सो भन्दा पनि वढि व्याज लिने गरेको पाइन्छ ।
  • सहकारीमा  ऋणीको 5C विश्लेषण :–  ऋणीको 5C विश्लेषण अर्थात १.) Capacity (ऋण तिर्न सक्ने क्षमता ) , २.) Character ( ऋण तिर्ने चरित्र ),३) Cappital (पूँजी ),४.) Collateral (धीतो /शुरक्षण ) र ५.) Condition (कर्जाका नियम तथा शर्त) यी पाँचवटा विषयवस्तुलाइ विश्लेषण गरेर ऋण लगानी गरिएमा ऋण जोखिममा पर्ने संभवना न्यून रहन्छ । ऋण व्यवस्थापन कार्यविधिले 5C को विश्लेषणको आधारमा ६०% भन्दा वढी अंक प्राप्त गर्ने सदस्यलाइ ऋण प्रदान गर्नु पर्ने प्रावधान राखेको देखिन्छ ।
  • शुरक्षणको बर्तमान अवस्था : ऋण लगानीका मुख्य दुइ क्षेत्र निक्षेप कर्जा र धितो कर्जा हुन । निक्षेप कर्जामा खासै समस्या देखिदैन तर धितो कर्जाको धितो मूल्यांकनमा केहि समस्या देखिने गरेको छ । मिलेमतोमा, एक दिनमा नै धितो मूल्यांकन ,विधि प्रकृया मिच्दै, फास्ट ट्रयाकवाट स्वीकृत भएका कर्जा शंकास्पद देखिने र कर्जाको गुणस्तर कमजोर भएकाले निक्षेप कर्ताको रकम जोखिममा परेको यदकदा सुन्नमा आउछ ।  सहकारीले कर्जा लगानी गर्दा धितोको अधिक मूल्यांकन र ऋणीले साँवा व्याज तिर्न नसक्दा धितोको कम मूल्यांकन गरी सम्पति हडप्ने जस्ता विकृति पनि देखा पर्न थालेका छन ।

संस्थाले  अशुली प्रयास भन्दा नविकरण प्रयासलाइ वढि प्राथमिकता दिनु, एकै व्यक्ति /परिवार ऋणीलाइ एक पटक भन्दा वढि नविकरणको सुविधा दिइनु , नविकरण सम्वन्धी नीति अत्यन्तै खुकुलो हुनु जस्ता गलत अभ्यासले सदस्यहरुको ऋण तिर्ने वानीमा विचलन , ऋण रकमको अपचलन र संस्थामा तरलताको अभाव भै समस्या सिर्जना हुन जान्छ ।  शेयर सदस्यको आय श्रोत विवरण अद्यावधिक गरि राख्नु पर्छ ।  वित्तिय विवरणहरुको अध्ययन र विश्लेषण गर्न सक्ने व्यक्तिलाई ऋण विश्लेषणको जिम्मा दिनु पर्छ ।

७. अशल ऋणीको सामाजिक सकारात्मक प्रभाव: आर्थिक वर्षको अन्त्यमा सहकारी संघसंस्थाको खुद मुनाफाको २५%  रकम जगेडा कोषमा छुट्टयाईन्छ । जगेडा कोषमा छुट्टयाईसकेपछिको रकमलाइ शत प्रतिशत मानी कम्तिमा २५% रकम संरक्षित पूँजी फीर्ता कोषमा अनिवार्य छुट्याउनु पर्ने हुन्छ । संरक्षित पूँजी फीर्ता कोषमा छुट्याइएको रकम सदस्यले गरेको वार्षिक कारोवारको आधारमा वाँडफाँड गरिन्छ । सहकारीमा बचत र ऋण दुवै कारोवार हुन्छ । सदस्यले जम्मा गरेको बचत रकमलाइ ४०% र लिएको ऋणमा तिरेको व्याजलाइ ६०%  भार दिइ गणना गरिन्छ । ऋणमा तिरेको व्याजको ६०%  हिस्सावाट त्यो आर्थिक वर्ष भित्रमा ऋणको कारोवार गर्नेको अनुपातमा रकम वितरण गरिन्छ ।                                        

जति धेरै ऋणको कारोवार उति धेरै रकम पनि फिर्ता प्राप्त हुने र  अशल ऋणीको लिष्टमा नाम समावेश गरी सामाजिक सम्मान प्रदान गरिन्छ ।

८. खराव ऋणीको सामाजिक नकारात्मक प्रभाव : सहकारीको ऋण भनेको संस्थागत ऋण हो । यो संस्थागत पैसा हो । सवै शेयरसदस्यहरुको निक्षेप रकम हो ।  कसैको ढिकुटी बुझेर भागे जस्तो वा व्यक्तिगत सापट लिएर भुक्तान नगरे जस्तो हुदै होईन । यो काउँसो वरावर हो । यो ऋण तिरीएन भने कानूनी हिसवाले जति समस्या हुन्छ त्यो भन्दा सयौ गुणा वढि सामाजिक हिसावले समस्या सिर्जना गर्छ । भनिन्छ मानिस  चार किसिमले स्वस्थ्य हुनु पर्छ, पहिलो शारीरिक,  दोस्रो मानसिक, तेस्रो आत्मिक र  चौथो सामाजिक । समाजका धेरै मानिसहरु सहकारीका सदस्य हुने हुँदा ऋण नतिरेमा खराव ऋणको विषयमा वढि चासो राखेका हुन्छन । यसले घरपिरवार आफन्तजन छिमेकी  सवैलाई पिरोल्छ । संस्थाको ऋण नतिर्ने हो भने सम्वन्धित वडा कार्यालयहरुवाट सम्पादन हुने कामहरु समेत प्रभावित हुन सक्छन । यदी संस्थाको क्षमता भएमा मात्र साधारण सभाको निर्णयले  सदस्यको  दायित्व मिन्हा हुने हो । साधारण सभामा समाजका सवै मानिसहरु शेयरसदस्यको रुपमा उपस्थित हुने हुँदा तपाईको समाजिक प्रतष्ठा गुम्न जान्छ । कानूनी उल्झनले प्रहरी र अदालत समेत धाउनु पर्ने हुन जान्छ ।

अन्त्यमा

मानिसको आवश्यकता (Need) र चाहना (Want) फरक फरक हुन्छन । यो फरक वुझेर आफूसंग भएको सीमित स्रोतलाइ प्राथमिकतामा खर्च गर्नु पर्छ । व्याज र आम्दानीमा तालमेल नभएमा कर्जा भुक्तानीमा समस्या देखिनु स्वाभाविक नै हो  । जुन उदेश्यले ऋण लिएका हुन सोही प्रयोजनमा नलगाइ  बिलासी जीवन, फजुल खर्च ,अधिक तथा शीघ्र लाभको लोभमा घरजग्गा ,शेयरमा  ऋणको उपयोग र “ऋणं कृत्वा घृतम पिवेत ‘’( ऋण गरेर भए पनि घ्यू खाउँ ) जस्ता व्यवहारले पनि बर्तमान अवस्थामा ऋण भुक्तानीमा समस्या परेको देखिन्छ ।