देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बागमती प्रदेश सभा बैठक बस्दै

देशान्तर

हेटौँडा । बागमती प्रदेश सभा बैठक बस्दै छ । 

शुक्रवारका लागि तय भएको बैठक अन्तिम समयमा स्थगित भए पछि सो बैठक शनिवार बस्न लागेको हो ।

प्रदेश सभा सचिवालयका अनुसार प्रदेश सभाको सो बैठक  बिहान ११ः०० बजे बस्ने छ ।

प्रदेशसभा सचिवालयका अनुसार आजको बैठकमा विशेष समयलाई कार्यसूचीमा राखिएको छ भने सोही बैठकबाट प्रदेशसभामा पेस भएका विधेयकलाई संसदीय समितिमा पठाउने कार्यसूची रहेको छ ।

प्रदेशसभाको बैठक यसअघि गत भदौ २४ गते बसेर स्थगन गरिएको थियो । चालु आर्थिक वर्षको बजेटमा सत्तापक्ष र प्रतिपक्ष बिचमा सहमति हुन नसक्दा बागमती प्रदेशको प्रदेश सभा बैठक पछिल्लो समयमा प्रभावित हुँदै आएको छ । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेटमा यसअघि भएको सहमति सरकार र सत्तारुढ दलले अस्वीकार गरे पछि प्रदेश सभा बैठकमा सञ्चालन सहज तरिकाले हुन अझै सकेको छैन ।