देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डेँगी नियन्त्रणमा महासंघको सहकार्य

देशान्तर

काठमाडौं । युवा गैससहरुको छाता संगठन राष्ट्रिय युवा गैरसरकारी संस्था महासंघ नेपालले सप्तरीमा डेँगी नियन्त्रणका लागि स्थानिय सरकारसंग सहकार्य गरेको छ । सप्तरीको सप्तकोशी नगरपालिकासंगको सहकार्यमा डेँगी नियन्त्रण तथा रोकथामको लागी महासंघले पाँच सय थान रयापिड डेँगी किट सहयोग गर्नुका साथै डेँगी नियन्त्रण तथा रोकथम सम्बन्धि त्यहाँका स्वास्थ्यकर्मीहरुका निम्ति अभिमुखिकरण कार्यक्रम पनि सञ्चालन गरेको छ ।

जापान इन्टरनेशनल सपोर्ट प्रोग्रामसंगको साझेदारी र सप्तकोशि नगरपालिकासँंगको सहकार्यमा यो साता नगरपालिकालाई रयापिड डेँगी किट वितरण र स्वास्थ्यकर्मीहरुका लगी अभिमुखिकरण सो कार्यक्रमको आयोजना गरिएको हो । सप्तकोशी नगरपलिकामा डेँगी सङक्रमण बढ्दो अवस्थामा रहेको र रयापिड डेँगी किटको अवश्यकता रहेको हुँदा महासंघले ५०० थान किट नगरपलिकालाई वितरण गर्ने निर्णय गरेको महासंघका केन्द्रिय अध्यक्ष शशि शर्मा मजगैंयाले बताए । हालसम्म सप्तकोशी नगरपलिकामा ७३ जना सङ्क्रमित पुष्टि भएको र यो संख्या कुल डेँगी प्ररिक्षण गरिएका मध्य ५०% मा देखा परेको सप्तकोशी नगरपालिकाका स्वस्थ्य संयोजक महेश चौधरीले बताए ।

महासंघले जापान इन्टरनेशनल सपोर्ट प्रोग्रामसंगको साझेदारीमा सप्तकोशी नगरपालिकाभित्र विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन सम्बन्धि परियोजना पनि सञ्चालन गर्दै आएको छ । र्यापिड डेँगी किट वितरण गर्नुका साथै महासंघले नगरपालिकामा कुल ४९ जना स्वस्थकर्मीहरुका लागी १ दिने डेँगी नियन्त्रण सम्बन्धि क्षमता अभिवृद्धि अभिमुखिकरण कार्यक्रमको अयोजना गरेको छ । कार्यक्रममा नगरपलिकाका सामुदायीक महिला स्वास्थ्य स्यंसेविका र स्वास्थ्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । उक्त अभिमुखिकरण कार्यक्रमबाट क्षमता अभिवृद्धि गरेका स्वास्थ्यकर्मीहरुले समुदायमा जनचेतना फैलाउने र डेँगी नियन्त्रण तथा रोकथामका लागि सामुदायीक अभियान संचालन गर्ने अपेक्षाका साथ महासंले अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको महासंघका कार्यक्रम संयोजक क्षितिज शर्माले बताए । अभिमुखिकरण कार्यक्रमलाई सप्तकोशि नगरपालिकाका स्वास्थ्य संयोजक महेश चौधरी र मेडिकल अधिकृत डा. स्यामसुन्दर मण्डलले सहजिकरण गरेका थिए । कार्यक्रममा डेँगीको सङ्क्रमण कसरी हुन्छ, कुन लामखुट्टले डेँगी सङक्रंण फैलाउछ, डेँगीका लक्षण, डेँगी नियन्त्रण तथा रोकथामका उपाएहरु के के हुन सक्छन्, समुदायमा डेँगी नियन्यत्रण तथा रोकथामका लागी स्वस्थ्यकर्मीहुको भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा छलफल भएको थियो ।

यसै सन्दर्भमा नगरपलिकाका प्रमुख कृष्ण्प्रसाद ढकालले नगरपलिकाको स्वास्थ्य चौकिमा डेँगी परिक्षण गर्नुपर्ने विरामिको चाप वढ्दै गएको र्यापिड डेँगी किटको पनि अभाव रहेको अवस्थामा महासंघले गरेको सहयोगलाई स–धन्यवाद ज्ञापन गर्दै डेँगी परिक्षणमा सहज हुने र डेँगी सङक्रण पुष्टि भएको अवस्थामा उचित परामर्ष दिन सकिने बताएका छन् । साथै नगर प्रमुख ढकालले एक दिने अभिमुखिकरण कार्यक्रमबाट क्षमता अभिवृद्धि गरेका स्वस्थ्यकर्मीहरुलाई नगरपालिकाले समुदायिक स्तरमा डेँगी नियन्त्रण तथा रोकथामका लागी उचित रुपमा परिचालन गर्ने पनि बताएका छन् । राष्ट्रिय युवा गैरसरकारी संस्था महासंघ नेपाल युवाको क्षेत्रमा काम गर्दै आईरहेको राष्ट्रिय स्तरको महासंघ हो । विगत एक दशकदेखी महासंघले युवा संघसंस्थाहरुको क्षमता अभिबृद्धी गर्दै वातावरण संरक्षण,विपद व्यवस्थापन,स्वास्थ्य,शिक्षा र उद्यमशिलता लगायतका विषयमा पैरवी गर्दै आइरहेको छ ।