देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आदिबासी तथा जनजाति दिबसकाे अवसरमा कोशी प्रदेशमा सार्बजनिक बिदा

देशान्तर

बिराटनगर। कोशी प्रदेश सरकारले आज सार्बजनिक बिदा दिएको छ ।

विश्व आदिवासी तथा जनजाति दिवसको अवसरमा कोशी प्रदेश सरकारले प्रदेशभर सार्बजनिक बिदा दिएको हो ।

संसारभरी अगष्ट ९ लाई अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसको रुपमा मनाउँदै आएको बेला ‘पहिचानको आन्दोलन’ भईरहेको सो प्रदेशमा पहिलोपटक सार्बजनिक बिदा दिईएको हो । 

प्रदेश नामाकरणको बिषयलाई लिएर लामो समय देखी आन्दोलनरत सो क्षेत्रको भावनाको कदर गर्दै पहिलो पटक आदिबासी तथा जनजाति दिवस दिईएको जनाईएको छ । 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना प्रकाशित गरे पछि सो बिदाको जानकारी सर्बसाधारणले पाएका हुन । प्रदेश सरकारले दिएको बिदा संघीय सरकार मातहतका निकायमा पनि लागू हुने आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ।

प्रदेश सरकारले केही बिदाहरु आफु अनुसार गर्न पाउने अधिकार संघीय सरकारले छुटाएको छ । सोही आधारमा कोशी प्रदेशले आज सार्बजनिक बिदा दिएको हो ।