देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल टेलिकम सञ्चालक समितिमा टोकराज पाण्डे नियुक्त

देशान्तर

काठमाडौं । नेपाल टेलिकमको सञ्चालक समिति सदस्यमा टोकराज पाण्डे नियुक्त भएका छन्। अर्थमन्त्री स्तरीय निर्णयबाट पाण्डे टेलिकमको सञ्चालक समितिमा नियुक्त भएका हुन्।

साउन १० गते नियुक्त भएका पाण्डेले साउन २२ मा पद तथा गोपनीयताको शपथ लिएका छन्। नेपाल टेलिकमको सञ्चालक समितिमा अर्थ मन्त्रालयको तर्फबाट एक जना सहसचिवलाई पठाउने व्यवस्था अनुरुप पाण्डेलाई पठाइएको हो।

पाण्डे हाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुखसमेत रहेका छन्।