देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनआरएनए युगान्डाको अध्यक्षमा रमा अर्याल निर्वाचित

देशान्तर

कम्पाला । युगान्डाको राजधानी कम्पालामा आइतबार सम्पन्न गैरआवासीय नेपाली संघ युगान्डाको वार्षिक साधारणसभाले रमा अर्याललाई अध्यक्षमा निर्वाचित गरेको छ । २९ वर्षीय अर्याल यस अघि संघको उपाध्यक्ष थिइन । उनले प्रतिस्पर्धी संजिव श्रेष्ठलाई पछि पार्दै निर्वाचनमा जित हासिल गरेकी हुन् ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा प्रेमबहादुर श्रेष्ठ, महासचिवमा राजु थापा तथा सदस्यहरुमा रमेश बुढा, बिनोद साउद , मुकेश मेहता र रंजित गौतम  निर्वाचित भएका छन । रिक्त पदाधिकारी तथा सदस्यहरुको सर्वसम्मत चयन गर्न साधारणसभाले निर्वाचन समितिलाई अधिकार दिएको छ।

जीवनाथ पंगेनी प्रमुख रहेको निर्वाचन समितिमा रमेश कंडेल र नरेन्द्र शर्मा सदस्य रहेका छन्।