देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनआरएनए नाइजेरियाको नवौं वार्षिक साधारणसभा सम्पन्न,  अध्यक्षमा सोमेश अर्याल निर्वाचित

देशान्तर

लेगोस, नाइजेरिया । गैरआवासीय नेपाली संघ नाइजेरियाको नवौं वार्षिक साधारणसभा नाइजेरियाको लेगोसमा सम्पन्न भएको छ ।

साधारणसभाले सोमेश अर्याललाई अध्यक्ष र विश्वास पौडेललाई आइसिसी सदस्यमा सर्वसम्मतले चयन गरेको छ । त्यसैगरी  उपाध्यक्षमा उर्मिला रोका, अभिषेकमान सिंह, शंकर बर्मा र  अन्जु खरेल (महिला उपाध्यक्ष), महासचिवमा भरत रिजाल , सचिवमा तुलसीराम भण्डारी, कोषाध्यक्षमा खुश्बु घिमिरे, युवा संयोजकमा बिष्णु गिरी, महिला संयोजकमा निक्की गुप्ता र प्रवक्तामा  कृष्ण गिरी चयन भएका छन् । त्यसैगरी सदस्यमा मधु गुरुङ , मन्टुराम चौधरी , बिरेन्द्र बस्नेत र भिम थापा निर्वाचित भएका छन् ।

 यसैगरी संघको प्रमुख संरक्षकमा  हिक्मत थापा र सल्लाहकारहरुमा संजिव क्षेत्री, चिरञ्जीवी रोका, बिदुर घिमिरे, बिरेन्द्र गुप्ता र मन थापालाई साधारणसभाले मनोनयन गरेको छ ।

साधारणसभालाई सम्बोधन गर्दै संघको अन्तर्राष्ट्रिय समितिका पूर्व कोषाध्यक्ष हिक्मत थापाले एनआरएनए नाइजेरियाको स्थापना भए पश्चात एनआरएनएलाई  अफ्रिका महादेश भरी फैलाउने अभियान विस्तार भएको स्मरण गरे । “आज अफ्रिकाका धेरै देशमा नेपालीहरु विपत्तीमा पर्दा होस् वा नेपालको विपतमा सहयोग गर्नु पर्दा अफ्रिकाका एनआरएनहरु एकताबद्ध र अग्रपंक्तिमा रहेका छन्  । त्यसको श्रेय एनआरएनए नाइजेरियालाई जान्छ । यसको संस्थापक अध्यक्षको नाताले मलाई सधैंभरी एनआरएनए नाइजेरियाप्रति गर्वको महशुस हुन्छ । एनआरएनए प्रतिको यो विश्वास र गौरव अब नयाँ आउने कार्यसमितिले अझै उच्च राख्नेछ भन्नेमा म विश्वस्त छु,” थापाले भने।

संघका अन्तर्राष्ट्रिय समितिका पूर्व कोषाध्यक्ष हिक्मत थापा प्रमुख अतिथि रहेको साधारणसभामा पूर्व अध्यक्ष संजिव क्षेत्रीले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । संघका अध्यक्ष बिरेन्द्र गुप्ताको सभापतित्वमा संचालन भएको सभाको संचालन विश्वास पौडेलले गरे ।

साधारणसभाले एनआरएनएको ब्लड बस परियोजना अन्तर्गत पूर्वान्चल ब्लड बस परियोजनालाई रु एक लाख सहयोग गर्ने  निर्णय समेत गरेको छ ।