देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनआरएनए अस्ट्रेलियामा अनिल र सन्तोषको टिम निर्वाचित

देशान्तर

गैर आवासीय नेपाली संघ एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा अनिल पोख्रेल निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा ५ हजार २६६ मत ल्याएर पोखरेल निर्वाचित भएका हुन् । पोख्रेलसहित ३ जना अध्यक्षका प्रत्यासि रहेका थिए । दोस्रो स्थानमा रहेका देव गुरुङले ३ हजार ३८० मतसहित निकटतम प्रतिस्पर्धी बन्दा डिला खरेल ३ हजार ३ सय ४७ मतसहित तेस्रो स्थानमा रहे । अनिलको प्यानल जनसम्पर्क समितिसँग विद्रोह गर्दै चुनावी प्रतिस्पर्धामा रहेको थियो भने खरेललाई जनसम्पर्क समितिले उम्मेदवार बनाएको थियो ।

गुरुङ भने परिवर्तनशील समूह भन्दै चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । यसैगरी कार्यसमितिका महासचिवमा सन्तोष कुँवर निर्वाचित भएका छन् । उनी पोख्रेल प्यानलकै हुन् । सन्तोषले ४ हजार ७ सय ९० मत प्राप्त गर्दा उसा किरण बरिया पोख्रेलले ३ हजार ६ सय ४८ मत प्राप्त गर्दै निकटतम् प्रतिस्पर्धी बनिन् ।

यसैगरी सचिवमा थिरबहादुर गुरुङले ७ हजार ३ सय ८६ मत प्राप्त गरेर विजयी हुँदा कोषाध्यक्षमा अर्जुन गौतमले ६ हजार ३ सय मत ल्याएर निर्वाचित भए । यस्तै, सह कोषाध्यक्षमा रोजी पन्त ६ हजार ६२ मतका साथ विजयी हुँदा युथ कोर्डिनेटरमा सुमन बोहोरा ४ हजार ६ सय ९४ मतसहित निर्वाचित भएका छन् ।

त्यसैगरी युथ डेपुटी कोर्डिनेटरमा दिमान राजोपाध्यायले ५ हजार २ सय ६६ मतसहित जित हात पार्दा युथ सेक्रेटरीमा पुकार घिमिरले ५ हजार ३ सय ४८ मत ल्याएर निर्वाचन जिते । युथ कोषाध्यक्षमा अस्मिन घिमिरेले ५ हजार ४ सय ८६ मत ल्याएर चुनाव जित्दा युथ सदस्य ५ जनामा अचुत हुमागाई, एकराज बस्नेत, कलम खड्का, प्रतिक्षा न्यौपाने र पुस्कर दाहाल निर्वाचित भएका छन् । एनएनएन कोर्डिनेटरमा संगिता भण्डारी चापाई र डेपुटी कोर्डिनेटरमा रत्ना गौतम निर्र्विरोध निर्वाचित भए । यस्तै एनएनएन सचिवमा अर्चना गौतम विजयी हुँदा कोषाध्यक्षमा मनिला पाण्डे निर्विरोध निर्वाचित भइन् । ५ जना सदस्यमा आशिका उप्रेती, एमी कार्की, मनिला सुवेदी र रेनुका संग्रौला पाठक निर्वाचित भए । यसमा एक जना कार्यसमितिले मनोनित गर्न पाउने छ । उम्मेदवारी संख्या भन्दा कम परेको थियो ।

आइसिसी सदस्यहरुमा डा. भरतराज पौडेल, डिल्लीराम ढकाल, दिनेश अधिकारी, मदनराज पोडेल, नारायण कुमार कटुवाल, रमेश अधिकारी, सुजन अधिकारी र टिकाराम टिका भुर्तेल विजयी भएका छन्।

राज्य संयोजन समितिहरुमा पनि प्रमुख संयोजकसहित सबै पदाधिकारीहरु निर्वाचित भएका छन । अस्ट्रेलियन क्यापिटल टेरिटोरीको संयोजकमा बिक्रम सुवेदी, न्यू साउथ वेल्समा बिनोद कुँवर, नर्थन टेरिटोरीमा संजिव ढकाल, क्विन्सल्याण्डमा सम्भु घइसे,साउथर्न अस्ट्रेलियामा संजयराज पुरी, तास्मानियामा जगदिश खड्का, भिक्टोरियामा मनिरत्न साप्कोटा र वेस्टर्न अस्ट्रेलियामा शेखर घिमिरे संयोजकका रुपमा निर्वाचित भएका छन् ।