देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हित काजी एनआरएनए युकेको अध्यक्षमा निर्वाचित

देशान्तर

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्षमा हितकाजी गुरुङ विजयी भएका छन् । शनिवार सम्पन्न अनलाइन मतदानमा उनले १४७९ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी दिनेश घिमिरे १२५४ मत प्राप्त गरे ।

संघको आइसीसी सदस्यमा सुनिलबाबु खड्का, विष्णु चालिसे, चन्द्रबहादुर गुरुङ र दिलराज गुरुङ विजयी भए । यस्तै, संघको २ उपाध्यक्षमा रविन्द्र कंडेल, सुरेश परियार निर्वाचित भए ।

यस्तै स्कटल्याण्डको उपाध्यक्षमा मनिष खरेल विजयी भए । महासचिवमा गोविन्द खरेल विजयी भए । सहकोषाध्यक्षमा हेम गुरुङ विजयी भए ।

विजयीहरुलाई एनआरएनए युके निर्वाचन संमितिले आइतबार प्रमाणपत्र वितरण गरेको छ । एनआरएनएका आइसीसी अध्यक्ष कुल आचार्य, उपाध्यक्ष डा‍. हेमराज शर्मा लगाएतको उपस्थिति रहेको थियो । सो अवसरमा निर्वाचन समितिका संयोजक चिरञ्जीवि ढकालले नव निर्वाचित कार्य समितिका पदाधिकारी र सदस्यहरुलाई पद तथा गोपनियताको सपथ दिलाएका थिए ।

ढकाल नेतृत्वकाे निर्वाचन समितिमा हरि गुरुङ र विपिन निरौला सदस्य रहेका थिए ।

निर्वाचित कार्य समितिले प्राप्त गरेको मत परिणाम यस प्रकार छ ।

अध्यक्ष- हितकाजी गुरुङ (निर्वाचित) १४७९
दिनेश घिमिरे १२५४
डा. नारायण कंडेल ९०५

उपाध्यक्ष रविन्द्र कंडेल १४५६ (निर्वाचित)
उपाध्यक्ष सुरेश परियार १३१२ (निर्वाचित)
ज्ञानेन्द्र आले ८७८
कर्मा पहाडी शेर्पा ८७६
अमन गौचन ४२९

उपाध्यक्ष (स्कटल्याण्ड)

मनिष खत्री १६१५ (निर्वाचित)
राम बगाले १५३०

महासचिव गोविन्द शर्मा खरेल १५८१ (निर्वाचित)
बालकृष्ण भुषाल १५३७

सहकोषाध्यक्ष हेमकुमार गुरुङ १८७५ (निर्वाचित)
सुमन शर्मा १४३८

युवा संयोजक सुजित शाही १५७२ (निर्वाचित)
वीरेन्द्र नेपाल १३५४

आइसीसी सदस्यहरु
दिलरस गुरुङ १८६३,(निर्वाचित)
सुनिलबाबु खड्का १६९८(निर्वाचित)
चन्द्र गुरुङ १६९०(निर्वाचित)
विष्णु चालिसे १६४३(निर्वाचित)
मोहन कार्की १३१२
डा. सुनिल साह ९०५

इंग्ल्याण्ड राज्य परिषद अध्यक्ष शम्भुप्रसाद अर्याल १५५५ (निर्वाचित)
सन्तोषकुमार सुवेदी ८५८

स्कटल्याण्ड राज्य परिषद अध्यक्ष दिवाकर पाण्डे २४५ (निर्वाचित)
उज्ववल कार्की २४०