देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनआरएनए अमेरिकाको निर्वाचनमा बद्री केसीको हस्तक्षेप, डाटा नै तोडमोड

देशान्तर

गैर आवासीय नेपाली संघ अमेरिकाको निर्वाचन विवादमा परेको छ । फेस भेरिफिकेसन गरेर अनलाईन मतदान गरे पनि अन्तिम नतिजा सार्वजनिक हुँदा गम्भीर त्रुटी भएको भन्दै एनआरएनए अमेरिकाका अभियन्ताहरुले असन्तुष्टि जनाएका छन् ।
एनआरएनए अमेरिकाको निर्वाचन समितिले नतिजा प्रकाशन गर्नु अगावै आईसीसी अध्यक्ष बद्री केसीले नतिजा सार्वजनिक गरेका थिए । उनले सार्वजनिक गरेको नतिामा उनले फेवर गरेका अधिकांश विजयी भएका छन् । एनआरएनए अमेरिकाको चुनावमा डा. अर्जुन बन्जाडे र डिलु पराजुली मैदानमा थिए ।

डिलुलाई केशव पौडेल, बुद्धि सुवेदी, यादव पण्डित लगाएतको साथ थियो भने बन्जाडेलाई बद्री केसी लगाएतका कम्युनिष्टहरुको साथ रहेको थियो ।

अनलाइनमार्फत निर्वाचन गराउनका लागि ‘भेरो’लाई जिम्मा दिइएको थियो । तर, भेरोले एनआरएनए अमेरिकासँग भएको सम्झौता विपरित निर्वाचन समितिलाई नतिजा उपलव्ध गराउनुको साटो बद्री केसीलाई पठाएको थियो ।

यसबाट अध्यक्षमा पराजित भएका भनिएका पराजुली लगाएतले असन्तुष्टि जनाउँदा अहिलेसम्म निर्वाचनको आधिकारिक घोषणा हुन सकेको छैन । जसका कारण यत्रो खर्च गरेर गरिएको निर्वाचनको वैधतामै प्रश्न उब्जिएको छ ।

विगतदेखि नै नेपाली कांग्रेस निकटको बर्चश्व रहँदै आएको अमेरिकामा आज चुहिएको सूचना अनुसार एमालेले समर्थन गरेका उम्मेदवार विजयी हुनलाई धेरैले आश्चर्य मानेका छन् । पराजुली पक्षकाले आफूहरुको कुनै पनि हालतमा हार नभएको वद्री केसीले रुसमा बसेर डाटा तलमाथि गरेको आरोप लगाएका छन् ।

निर्वाचन आयोगले आफु भन्दा पहिला अन्यत्रैबाट नतिजा बहिरिनुलाई आपत्ति जनाएको छ। अब के गर्ने भन्नेमा निर्वाचन आयोगका पदाधिकारी र उमेदवारका प्रतिनिधि बीचमा विवाद भएको जनाइएको छ।

आइसीसीबाट चुहिएको सूचना अनुसार बन्जाडे नौ सय ३३ मत अन्तरले विजयी भएका हुन्। बन्जाडेले पाँच हजार सात सय ३९ मत प्राप्त गरेको बताएको छ ।

यस्तै डिलु पराजुलीले चार हजार आठ सय ६ मत प्राप्त गरेका छन्। निर्वाचन आयोगले कुल १३ हजार ६ सय ९१ जनामा मताधिकार दिएको थियो। ११ हजार दुई सय ६२ जनाले मतदान गरेका थिए।

निर्वाचन आयोगका अनुसार बरिष्ठ उपाध्यक्षमा बिकास उप्रेती विजयी भएका छन्। उप्रेति बञ्जाडे समुहका हुन्।
उपाध्यक्षमा पनि बञ्जाडे समुहकै बाहुल्यता रहेको छ। प्रेम तामाङ, नेत्र पाण्डे, ज्ञानेन्द्र गुरुङ र भानु खरेल विजयी भएका छन्। खरेल मात्र पराजुली टिमका हुन्।

पहिला उपाध्यक्षमा सुनिता कडेल र युवा उपाध्यक्षमा अनुप खनाल विजयी भएका छन्। अनुप पराजुली पक्षका हुन् ।
महासचिवमा रामहरि अधिकारी विजयी भएका छन्। अधिकारीले गोपेन्द्र भट्टराईलाई हराएका हुन्। अधिकारी पराजुली समुहका हुन् । सचिवमा दिपक सापकोटा विजयी भएका छन्।

यसअघि यस्तै विवाद जापनमा अघिल्लो कार्यकालमा भएको थियो । त्यतिबेला पनि अनलाइन मतदानमा हुँदा विधान विपरीत विद्यार्थीलाई सदस्यता बनाएको विषय बाहिरिएको थियो ।