देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनआरएनए बेल्जियमको अध्यक्षमा सापकोटा निर्वाचित 

देशान्तर

गैर आवासीय नेपाली सङ्घ बेल्जियमको आगामी कार्यकालको अध्यक्षमा सीता सापकोटा विजयी भएकी छन् ।  सापकोटाले सङ्घको आइतबार सम्पन्न निर्वाचनमा अध्यक्ष पदका लागि अर्का प्रत्याशी तीर्थ धमलालाई पराजित गरेकी हुन् ।

जम्मा खसेको २०७६ मत मध्ये सापकोटाले १११२ मत प्राप्त गरिन् । धमलाले ९४८ मत प्राप्त गरे । यस्तै  सङ्घको महासचिवमा २५ बर्सिया रुविना शर्मासहित पुरै कार्यसमिति निर्विरोध भएको छ ।  

आदर्श नारी गृहको संस्थापक अध्यक्ष समेत रहेकी सापकोटा विद्यार्थी जीवन देखी नै सामाजिक तथा राजनीतिकमा सक्रिय थिइन् ।  उनी जनसम्पर्क समिति बेल्जियमकी पूर्व सभापति हुन् । 

नयाँ कार्यसमितिको उपाध्यक्षमा काशी दनई, लोकेन्द्र नेपाल (पुष्प), महिला उपाध्यक्षमा सावित्री गिरी, युवा उपाध्यक्षमा रुवु श्रेष्ठ बस्नेत, जनजाति उपाध्यक्षमा इन्दिरा चाम्लिङ राई निर्विरोध भए ।

यस्तै उपमहासचिवमा राजेन्द्र कार्की, सचिवमा रमेश दाहाल, ईश्वरा शर्मा, सञ्जयदेव श्रेष्ठ, महिला सचिवमा जमुना शर्मा, कोषाध्यक्षमा अजित तुलाचन, सह कोषाध्यक्षमा डा. राजु श्रीवास्तव, महिला संयोजकमा शारदा धिताल, महिला उपसंयोजकमा शरु श्रेष्ठ गुरुङ, युवा संयोजकमा सुदिप चौधरी, अन्तरपेन संयोजक चित्र गुरुङ, लुभेन संयोजक सुरज खरेल, ब्रुज संयोजक देवी कुमारी शर्मा (लक्ष्मी) निर्विरोध भए । 

यस्तै कार्यसमिति सदस्यहरूमा सूर्य प्रसाद सापकोटा, रोशन गौतम, दीपिका केसी, विनोद शाही, निता सुब्बा, रश्मि निरौला, जानु नेपाल, विक्की मल्ल, सरोज आचार्य, रमेश सापकोटा निर्विरोध निर्वाचित भएका छन् । 

गैर आवासीय नेपाली सङ्घको आगामी अक्टोबरमा हुने ११ औँ महाधिवेशनको तयारीको लागि जुलाई महिनाभित्र सङ्घका सबै राष्ट्रिय समितिहरूमा अनिवार्य निर्वाचन गर्नु पर्ने वैधानिक व्यवस्था रहेको छ ।