देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज भारतसँग दोस्रो खेल खेल्दै नेपाल 

देशान्तर

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आज भारतसँग दोस्रो खेल खेल्दै छ ।

नेपाली समय अनुसार दिउँसो २ बजेर १५ मिनेटमा नेपाल र भारतबिच खेल सुरु हुनेछ ।

श्रीलङ्कामा सञ्चालनमा रहेको इमर्जिङ टिम्स एसिया कपको पहिलो खेल नेपालले विहीबार  पाकिस्तानको ‘ए’सँग खेलेको थियो । पाकिस्तानसँग चार विकेटले पराजित भएको नेपालको ब्याटिङ अत्यन्तै निराशाजनक रहेको थियो ।

एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालको यो चौथो सहभागिता हो । नेपालले सन् २०१३ मा सिंगापुरमा भएको पहिलो संस्करणदेखि नै प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ । सन् २०१८ मा श्रीलङ्का र पाकिस्तानले संयुक्त रूपमा आयोजना गरेको तेस्रो संस्करणमा भने नेपाली टोलीले सहभागी भएन ।

रोहित पौडेलको कप्तानीमा अर्जुन साउद,कुशल भुर्तेल, गुलसन झा, सोमपाल कामी, प्रतिश जिसी, देव खनाल, सन्दीप जोरा, कुशल मल्ल, ललित राजवंशी, भीम सार्की, पवन सर्राफ, आसिफ सेख, सूर्य तामाङ, किशोर महतो र श्याम ढकाल नेपाली टोलीमा छन् ।