देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्वास्थ्य मन्त्री बस्नेत बेलायतमा

देशान्तर

लन्डन।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेत बेलायत आइपुगेका छन् । 

नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङका अनुसार उनी एक निजी भ्रमणका सिलसिलामा  लन्डन आएका हुन् ।

शुक्रवार साँझ लन्डन आइपुगेका उनलाई बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, नेपाली जनसम्पर्क समिति बेलायत सभापति युवराज गुरुङलगायतले लन्डन विमानस्थलमा स्वागत गरेका थिए । निजी भ्रमणमै आएका भए पनि मन्त्री बस्नेतले बेलायती स्वास्थ्य मन्त्री स्टिभ बार्कलेसंग भेट्ने र यहाँका केही अस्पतालहरूको भ्रमण गर्ने पनि कार्यक्रम छ ।

त्यस्तै, जनसम्पर्क समिति बेलायतले पनि उनको सम्मानमा आइतबार बेलुका अल्डरसटमा एक स्वागत कार्यक्रम गर्ने भएको छ ।