देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पत्रकार महासंघ बेलायतको च्यारिटी डिनर विवादमा

देशान्तर

लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाको १२ औं वार्षिकोत्सव तथा च्यारिटी नाइट बेलायतस्थित नेपाली समुदायको उत्साहजनक सहभागिता रहे पनि आयोजकले सबैलाई निरास पारेका छन् ।

आइतबार बेलुका शाखा अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा अल्डरसटको एम्पायर ब्यांकेटिङमा आयोजित कार्यक्रममा सयौंको संख्यामा संघसंस्था तथा समुदायका प्रतिनिधि एवमं सञ्चारकर्मीहरुको सहभागिता रह्यो । तर कार्यक्रम र हल व्यवस्थापनको राम्रोसंग संयोजन नहुंदा अतिथिहरु निरास भएका थिए ।

नेपाली पत्रकारको सीप तथा क्षमता अभिवृद्धिमा सहयोग गर्न कोष जुटाउने उद्धेश्यले च्यारिटी कार्यक्रम गरिएको भनिए पनि कार्यक्रममा सहभागीहरुले यो च्यारिटीको पैसा कता जान्छ भनेर प्रश्न गरेका छन् । कार्यक्रममा उत्साहजनक रुपमा कोष संकलन भएको जनाउँदै शाखाले संकलित कोषको पूर्ण विवरण छिट्टै सार्वजनिक गरिने जनाएको छ ।

बरिष्ठ पत्रकारहरु अपमानित

वार्षिकोत्सव तथा च्यारिटी नाइटमा माग लिन पुगेका पत्रकारहरुका अग्रजहरु माथि शाखाले अपमानजनक व्यवहार गरेको छ । कार्यक्रममा सहभागी हुन पुगेका बरिष्ठ पत्रकारहरु सुमन खरेल, भगिरथ योगी सहित अन्य संस्थाका संरक्षकहरुको नामै नलिएर कार्यक्रम अध्यक्ष अर्याल पटक पटक आफै माइक समात्न पुगेका थिए। महासंघकै पुर्व अध्यक्ष, संरक्षक र निबर्तमान पदाधिकारीहरुले समेत उक्त अपमानको बिरोध गर्दै कार्यक्रम नै बहिस्कार गरे । भगेराको जत्रो चित्त भएका भनेर पत्रकार माँझ चर्चित अर्यालले शाखाका अग्रज तथा बरिष्ठ पदाधिकारीहरुलाई बाइपास गरेर जिल्लाबासी र छिमेकीहरुलाई अघि बढाएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले सचेतक र मार्गदर्शकको रुपमा समाजमा पत्रकारहरुको महत्वपूर्ण भूमिका रहेको बताए ।

राजदूत आचार्यले पत्रकारहरुलाई समाचारमा निस्पक्षता र विश्वसनीयता बढाउन आग्रह गर्दै संस्थागत विकासका लागि काम गर्न पनि सुझाव दिए ।

त्यस्तै, विशेष अतिथि नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीले पत्रकार महासंघले आफ्नो स्थापना कालदेखि नै नेपालमा प्रेस स्वतन्त्रताको साथसाथै नागरिक हक बहाल गर्न अभियान चलाउंदै आएको बताए ।
महासचिव पुरीले महासंघका विदेशस्थित शाखाहरुले विदेशमा बसोबास गरिरहेका नेपाली समुदायलाई नेपालसंग जोड्ने काम गरिरहेको बताउंदै त्यसको लागि धन्यवाद पनि दिए।

खपांगी सम्मानित
सो अवसरमा एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार २०२३ बाट शाखाका पूर्वअध्यक्ष समेत रहेका वीनेपाली डटकमका सम्पादक नरेश खपांगीमगरलाई पुरस्कृत गरियो । बेलायतमा खोजी पत्रकारितालाई प्रोत्साहन गर्ने लक्ष्यसहित स्थापित उक्त पुरस्कारको राशी ५ सय २ पाउण्ड छ ।
यसैबीच, कार्यक्रमको संस्थागत रुपमा विरोध शुरु भएको छ । नेपाल पत्रकार महासंघ बेलायतका पूर्वबरिष्ठ उपाध्यक्ष श्याम लुइटेलले नेपाल पत्रकार महासंघ युकेको भद्दा मजाक बार्षिक कार्यक्रम र पुरस्कार वितरण आइतबार सकिएको टिप्पणी गरेका छन् ।

लुइटेलले सोमवार एक विज्ञप्ति मार्फत डायस्पोरास्थित बेलायतको एउटा सानो नेपाली समाजका गतिविधि लेख्न खुलेको नेपाली लिंकका प्रधान सम्पाक रहेको समितिले एक व्यक्तिको सिफारिस, त्यही व्यक्तिको नेपाली लिंककै सम्पादकद्वारा स्तुतीगान सहित पुरस्कार वितरण गर्ने नाटक मंचनको पर्दा उघ्र्रिन दुई बर्ष लागेको बताए ।