देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेदरल्यान्ड्सका प्रधानमन्त्री रुटले राजनीतिबाट सन्यास लिने

देशान्तर

काठमाडौं । नेदरल्यान्ड्सका प्रधानमन्त्री मार्क रुटले अर्को निर्वाचनपछि राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन ।
रुटले सोमबार डच संसदलाई सम्बोधन गर्ने क्रममा यस्तो घोषणा गरेका हुन् । गत साता उनको सरकार ढलेपछि रुटले आफूसँग अझै पनि ‘ऊर्जा र विचार’ रहेको बताएका थिए । तर सोमबार पिपुल्स पार्टी फर फ्रिडम एन्ड डेमोक्रेसी (भीभीडी) को नेताको रूपमा आफ्नो १७ वर्षको कार्यकाल अन्त्य गर्ने निर्णय गरेका हुन् ।
सन् २०१० देखि चार वटा गठबन्धन सरकारको नेतृत्व गरिसकेका रूटले आप्रवासन नीतिका कारण गठबन्धन भत्किएपछि आगामी नोभेम्बरमा हुने निर्वाचनपछि आफू पदबाट हट्ने घोषणा गरेका हुन ।