देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोसीमा मुख्यमन्त्री थापाले लिए शपथ

देशान्तर

काठमाडौँ । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले शपथ लिएका छन् ।

बिहीबार मुख्यमन्त्री नियुक्त भएका उनलाई आज प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

थापासँगै नेपाली काँग्रेसका प्रदीप सुनुवार र नेकपा एकीकृत समाजवादीका कमल जवेगुले मन्त्रीको शपथ लिएका छन् ।

थापा नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।