देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनआरएनए युकेको उम्मेदवारको अन्तिम सूची प्रकाशित

देशान्तर

लण्डन । एनआरएनए यूके निर्वाचन २०२३-२५ को यहि जुलाई २२ तारिख हुने निर्वाचनका लागि उम्मेद्वारी फिर्ता लिने समय जुलाई ५ तारिख राती ९ बजेसम्म र उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन जुलाई ६ तारिख दिउसो १ बजे प्रकाशित गरिने कार्यक्रम अनुसार अन्तिम नामावली प्रकाशन गरिएको छ।

गैरआवासीय नेपाली संघ युकेको नयाँ नेतृत्वका लागि ३ जनाविचमा प्रतिस्पर्धा हुने छ । शनिबार चार जनाले उम्मेदवारी दर्ता गराएकोमा उम्मेदवारी फिर्ता लिने समय दिएर निर्वाचन समितिले प्रकाशित गरेको अन्तिम सूचीमा ३ जना अध्यक्षमा उम्मेदवार कायम भएका छन् । यसअघि उम्मेदवारी दिएका एलबिजेड गुरुङले उम्मेदवारी फिर्ता लिएका हुन् । अब २२ जुलाईमा हुने मतदानका लागि दिनेश घिमिरे, हितकाजी गुरुङ र नारायण कँडेलकाबीच प्रतिस्पर्धा हुने छ ।

यसैगरी २ जना उपाध्यक्ष पदका लागि ५ जना चुनावी मैदानमा रहेका छन् । ज्ञानेन्द्र आले मगर, सुरेश परियार, ओमन गौचन, कमान सिंह कर्मा पहाडी शेर्पा, रवीन्द्र कणेलबीच प्रतिस्पर्धा हुने छ ।

यस्तै, महिला उपाध्यक्षमा एक जनाको मात्रै उम्मेदवारी परेकाले इन्दिरा खनिया (सपना) निर्विरोध निर्वाचित भएकी छिन् ।
राज्य परिषद् अन्तर्गत स्कटल्यान्ड उपाध्यक्षमा २ जनाको उम्मेदवारी परेको छ । जसमा रामप्रसाद बगाले र मनिष खत्री रहेका छन् ।

राज्य परिषद अन्तर्गत वेल्सको उपाध्यक्षमा कृष्ण प्रसाद भण्डारी र नर्थन आयरल्याण्डमा लिलाराम नेउरे निर्विरोध निर्वाचित भएका छन् ।

महासचिवमा २ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । गोविन्द शर्मा खरेल र बालकृष्ण भुसालले उम्मेदवारी दिएका छन् ।
दुई जना सचिव निर्वाचित हुने व्यवस्था अनुसार सरोज थापा र तिलक भट्टराई निर्विरोध निर्वाचित भएका छन् । महिला सचिवतर्फ पनि प्रतिभा न्यौपाने निर्विरोध निर्वाचित हुँदा कोषाध्यक्षमा विष्णु खरेल पनि निर्विरोध निर्वाचित भइसकेका छन् ।

उप कोषाध्यक्षमा हेम कुमार गुरुङ र सुमन शर्मा बिच प्रतिस्पर्धा हुने छ । यस्तै , महिला कोर्डिनेटरमा रोजिना गुरुङ सर्वसम्मत निर्वाचित हुँदा कोर्डिनेटर यूथ तर्फ भने चुनाव हुने भएको छ । वीरेन्द्र नेपाल र सुजीत शाही चुनावी मैदानमा अहिले देखिएका छन् ।

१२ जना कार्यसमिति सदस्यमा जम्मा ९ जनाको उम्मेदवारी परेको छ । जसले गर्दा सदस्यहरूको पनि निर्विरोध भएको छ । राम थापा, सन्दीप पुडासैनी, नारायण गिरी, मानबहादुर राई, मिलन केसी, पम्फा क्षेत्री (विनीता बस्नेत), गङ्गाबहादुर क्षेत्री, काशी राज बोहरा र मोहनलाल ओली रहेका छन् ।

चार जना आइसिसी सदस्यका लागि ६ जनाको उम्मेदवारी परेको छ । जसमा चन्द्रबहादुर गुरुङ, सुनिल बाबु खड्का, मोहन कार्की, विष्णु चालिसे, प्रो. डा. सुनिल कुमार साह र दिल रस गुरुङले उम्मेदवारी दिएका छन् ।

यसैगरी इंग्ल्याण्ड अध्यक्षका स्वयम्भू प्रसाद अर्याल र सन्तोष कुमार सुवेदी चुनावी मैदानमा रहेका छन् । तर, उपाध्यक्ष र सचिवमा भने सर्वसम्मत भएको छ । उपाध्यक्षमा देउमन इजम र सचिवमा अन्जु कुँवर सर्वसम्मत निर्वाचित भएका हुन् ।
यस्तै, नर्थन आयरल्यान्डतर्फ सबै पदमा सर्वसम्मत भएको छ भने सदस्य पदमा सङ्ख्या भन्दा कम उम्मेदवारी परेको छ । अध्यक्षमा बलबहादुर थापा, उपाध्यक्षमा छेम रेग्मी, सचिवमा पूर्णेश्वर कँडेल सर्वसम्मत निर्वाचित भए ।

यस्तै, ४ जना सदस्य निर्वाचित गर्नु पर्ने भए पनि २ जनाको मात्रै उम्मेदवारी परेको छ । जसमा भुमिश्वर सापकोटा र सलमा श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । यस्तै, स्कटल्यान्डमा भने मतदान हुने छ । अध्यक्षमा दिवाकर पाण्डे र उज्ज्वल कार्की प्रतिस्पर्धामा उत्रिएका छन् । उपाध्यक्षमा प्रजापति शर्मा र कमला श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन् ।

यसैगरी सचिवमा मोतीलाल खरेल र रामप्रसाद कँडेलबिच चुनाव हुने छ भने उप सचिवमा भूपाल कार्की र भोज राज खरेलले प्रतिस्पर्धा गरेका छन् । यस्तै, कोषाध्यक्ष र उप कोषाध्यक्ष भने सर्वसम्मत निर्वाचित भएका छन् । कोषाध्यक्षमा वासुदेव पोखरेल तथा उप कोषाध्यक्षमा कल्याण अर्यालको मात्रै उम्मेदवारी परेको थियो ।

४ जना सदस्यका लागि ८ जनाको उम्मेदवारी परेको छ । सागर पाण्डे, झपेन्द्र सापकोटा, मनहरि सापकोटा, बिराज ढुङ्गेल, जीवलाल भण्डारी, पवित्रा भण्डारी, तुलसीराम न्यौपाने र स्वस्तिमा खड्काले उम्मेदवारी दिएका छन् । एनआरएनए वेल्स राज्यपरिषदको निर्वाचनमा कसैको पनि निर्वाचन नपरेको निर्वाचन समितिले जनाएको छ ।

यसैबीच, निर्वाचन समितिले उम्मेदवारहरुलाई निर्वाचन आचार संहितामा रहेर प्रचार प्रसार गर्न आग्रह गरेको निर्वाचन समितिका संयोजक चिरञ्जीवि ढकालले जानकारी दिए । निर्वाचन समतिमा ढकाल सहित हरि गुरुङ र विपिन निरौला सदस्य रहेका छन् ।