देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनआरएनए युकेको उम्मेदवारी फिर्ता लिने समय बढाइयो

देशान्तर

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको निर्वाचन तालिका केही परिमार्जन गरिएको छ । मतदानको मिति २२ जुलाईमा हुने तालिकामा कुनै पनि परिवर्तन नहुने गरी तालिका परिमार्जन गरिएको हो ।
निर्वाचनका लागि जुलाई १ तारिखका दिन उम्मेदवारी दर्ता गरेर प्रारम्भिक सूची सार्वजनिक गरिएको छ ।

निर्वाचन तालिका अनुसार उम्मेदवारी फिर्ताका लागि समय यसअघि जुलाई ४ तारिखमा रहेकोमा परिमार्जन गरिएको तालिका अनुसार जुलाई ५ तारिख (बुधबार) को दिनलाई उम्मेदवारी फिर्ता लिने समय दिइएको छ । जुलाई ५ तारिखमा दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिनका लागि समय दिइएको एनआरएन यूकेका निर्वाचन समितिका संयोजक चिरञ्जीवि ढकालले जानकारी दिए । उनले उम्मेदवारी फिर्तापछि जुलाई ५ तारिखकको ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिने छ । एनआरएनए युकेमा ४ हजार १ सय ८३ जना साधारण सदस्य रहेका छन् ।

उम्मेदवार को को छन् त ?
अध्यक्ष पदका लागि ४ जनाले उम्मेदवारी दर्ता गरेका छन् । एक जना अध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा दिनेश घिमिरे, लालबहादुर गुरुङ, नारायण दत्त कँडेल, हितकाजी गुरुङ रहेका छन् । यसैगरी २ जना उपाध्यक्ष पदका लागि ६ जना चुनावी मैदानमा रहेका छन् । ज्ञानेन्द्र आले मगर, सुरेश परियार, ओमन गौचन, कमान सिंह कर्मा पहाडी शेर्पा, रविन्द्र कनेल र लिलारा निउरे उम्मेदवार बनेका छन् ।
यस्तै, महिला उपाध्यक्षमा एक जनाको मात्रै उम्मेदवारी परेकाले इन्दिरा खनिया (सपना) निर्विरोध निर्वाचित भएकी छिन् ।

राज्यपरिषद् अन्तर्गत स्कटल्याण्ड उपाध्यक्षमा १ जना निर्वाचित गर्नु पर्नेमा २ जनाको उम्मेदवारी परेको छ । जसमा रामप्रसाद बगाले र मनिष खत्री रहेका छन् । वेल्सको उपाध्यक्षमा भने एक जनाको मात्रै उम्मेदवारी पर्दा कृष्ण प्रसाद भण्डारी निर्विरोध निर्वाचित भए ।
१ जना महासचिव निर्वाचित गर्ने व्यवस्था रहेको छ । जसमा २ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । गोविन्द शर्मा खरेल र बालकृष्ण भुसालले उम्मेदवारी दिएका छन् । दुई जना सचिव निर्वाचित हुने व्यवस्था अनुसार सरोज थापा र तिलक भट्टराई निर्विरोध निर्वाचित भइसकेका छन् । महिला सचिवतर्फ पनि प्रतिभा न्यौपाने निर्विरोध निर्वाचित हुँदा कोषाध्यक्षमा विष्णु खरेल पनि निर्विरोध निर्वाचित भइसकेका छन् ।
उप कोषाध्यक्षमा भने चुनाव हुने सम्भावना रहेको छ । अहिलेसम्म २ जनाको उम्मेदवारी कायम रहेको छ । जसमा हेम कुमार गुरुङ र सुमन शर्मा प्रतिस्पर्धामा रहेका छन् ।
यस्तै , महिला कोर्डिनेटरमा रोजिना गुरुङ सर्वसम्मत निर्वाचित हुँदा कोर्डिनेटर युथ तर्फ भने चुनाव हुने सम्भावना रहेको छ । विरेन्द्र नेपाली र सुजीत शाही चुनावी मैदानमा अहिले देखिएका छन् ।
१२ जना कार्यसमिति सदस्यमा जम्मा ९ जनाको उम्मेदवारी परेको छ । जसले गर्दा सदस्यहरुको पनि निर्विरोध भएको छ । राम थापा, सन्दीप पुडासैनी, नारायण गिरी, मानबहादुर राई, मिलन केसी, पम्फा क्षेत्री (विनिता बस्नेत), गंगाबहादुर क्षेत्री, काशी राज बोहोरा र मोहनलाल ओली रहेका छन् ।
चार जना आईसीसी सदस्यका लागि ६ जनाको उम्मेदवारी परेको छ । जसमा चन्द्रबहादुर गुरुङ, सुनिल बाबु खड्का, मोहन कार्की, विष्णु चालिसे, प्रो. डा. सुनिल कुमार साह र दिलरस गुरुङले उम्मेदवारी दिएका छन् ।

यसैगरी इंग्ल्याण्ड अध्यक्षका लागि २ जनाको उम्मेदवारी परेको छ । स्वयम्भू प्रसाद अर्याल र सन्तोष कुमार सुवेदीले उम्मेदवारी दर्ता गरेका छन् । यस्तै, उपाध्यक्ष र सचिवमा भने सर्वसम्मत भएको छ । उपाध्यक्षमा देउमन इजम र सचिवमा अन्जु कुँवर सर्वसम्मत निर्वाचित भएका हुन् ।

यस्तै, नर्थन आयरल्याण्डतर्फ सबै पदमा सर्वसम्मत भएको छ भने सदस्य पदमा संख्या भन्दा कम उम्मेदवारी परेको छ । अध्यक्षमा बलबहादुर थापा, उपाध्यक्षमा छेम रेग्मी, सचिवमा पूर्णेश्वर कँडेल सर्वसम्मत निर्वाचित भए ।
यस्तै, ४ जना सदस्य निर्वाचित गर्नु पर्ने भए पनि २ जनाको मात्रै उम्मेदवारी परेको छ । जसमा भुमिश्वर सापकोटा र सल्मा श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै, स्कटल्याण्डमा भने मतदान हुने सम्भावना देखिएको छ । अध्यक्षमा दिवाकर पाण्डे र उज्वल कार्की प्रतिस्पर्धामा उत्रिएका छन् । उपाध्यक्षमा प्रजापति शर्मा र कमला श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन् । यसैगरी सचिवमा मोतीलाल खरेल र रामप्रसाद कँडेलबीच चुनाव हुने देखिएको छ । उप सचिवमा भुपाल कार्की र भोज राज खरेलले उम्मेदवारी दर्ता गरेको निर्वाचन समितिको प्रारम्भिक सूचीमा उल्लेख छ । यस्तै, कोषाध्यक्ष र उप कोषाध्यक्ष भने सर्वसम्मत निर्वाचित भएका छन् । कोषाध्यक्षमा बासुदेव पोखरेल तथा उप कोषाध्यक्षमा कल्याण अर्यालको मात्रै उम्मेदवारी परेको थियो ।
यहाँ सदस्यमा पनि चुनाव हुने सम्भावना रहेको छ । ४ जना सदस्यका लागि ८ जनाको उम्मेदवारी परेको छ । सागर पाण्डे, झपेन्द्र सापकोटा, मनहरि सापकोटा, बीराज ढुंगेल, जीवलाल भण्डारी, पवित्रा भण्डारी, तुलसीराम न्यौपाने र स्वस्तिमा खड्काले उम्मेदवारी दिएका छन् ।