देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

खड्का अस्ट्रेलियाका तीन प्रतियोगितामा निर्णायक

देशान्तर

काठमाडौँ । नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री अशोक खड्काले अस्ट्रेलियाको ब्रिसबेनमा हुने तीन प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् । वर्ल्ड तेक्वान्दोको आयोजना र अस्ट्रेलिया तेक्वान्दोको संयोजनमा विश्व वरीयताको जी टु इभेन्टका तीन प्रतियोगिता डब्लूटी प्रेसिडेन्ट कप ओसियाना, अस्ट्रेलिया ओपन र ओसियाना तेक्वान्दो ओपनका लागि रेफ्री खड्का पुम्से विधातर्फ निर्णायक चुनिएका हु्न् ।प्रतियोगिता जुलाई ६ देखि ९ तारिखसम्म हुनेछ । उनी क्यारोगी, पुम्से र पारा तेक्वान्दो गरी तीनै विधाका नेपालका एकमात्र अन्तर्राष्ट्रिय रेफ्री हुन् । उनले अघिल्लो वर्ष पनि अस्ट्रेलिया ओपन खेलाएका थिए ।

उनी इन्टरनेसनल पुम्से/डान एक्जामिनर कोर्समा भाग लिन अस्ट्रेलियाबाटै दक्षिण कोरिया जाने छन् । विश्व तेक्वान्दोको सर्वोच्च संस्था कुकिवान कोरियाको आयोजनामा उक्त कोर्स जुलाई १२ देखि १४ सम्म हुने छ । कोर्स सकिएपछि दक्षिण कोरियामा नै हुने सियोगनाम ओपनमा पनि खड्काले रेफ्रीको भूमिका निर्वाह गर्नेछन् ।