देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बागमती प्रदेशसभाको बैठक बस्दै

देशान्तर

बागमती प्रदेशसभाको बैठक बस्दैछ । प्रदेश सभा भवन, हेटौडामा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ । गत असार १ गते प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आथिर्क वर्ष २०८०र०८१ को बजेट माथिको छलफल अझै सुचारू हुन सकेको छैन । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपासँग सहमति कायम गरेर आजको बैठक सुचारू गराउने प्रयत्न रहने बाग्मती सरकारले जनाएको छ।

सो बजेटमाथि छलफलका लागि असार १३ गते आह्वान गरिएको बैठकमा विपक्षी दलहरूको निरन्तर अवरोध गरे पछि ३ दिनका लागि स्थगित गरिएको थियो । उनीहरूको आरोप छ कि बजेट बिभेदकारी छ । हिजो पनि २ बजे बोलाइएको बैठक ढिलो गरी ४ बजे सुरू भएको थियो । तर, सो बैठकमा पनि प्रतिपक्षले बिभिन्न माग राखेर नाराबाजी गरे पछि बैठक सोमवार बिहान ११ बजे बोलाइएको हो । हिजै एमालेले पत्रकार सम्मेलन गरी ११ बुदेँ माग सार्बजनिक गर्दै सो बिषय बजेटमा समावेश गर्नु पर्ने बिषय उठान गरेको छ । आजको बैठकमा सहमति कायम गरेर छलफल सुचारू गराउने योजनामा भने सरकार रहे पनि बैठक सुचारू हुनेमा अझै शंका कायमै छ ।