देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फिफा विश्वकप छ्नोटका लागि नेपाली राष्ट्रिय फुटबल टिमको प्रारम्भिक टोली घोषणा

देशान्तर

काठमाडौं । फिफा विश्वकप छ्नोटका लागि नेपाली राष्ट्रिय फुटबल टिमको प्रारम्भिक टोली घोषणा भएको छ ।

नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले आइतबार ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका हुन् ।

टोलीमा गोलकिपर किरण चेम्जोङ, अनिस देउला, दीप कार्की, र अभिषेक बराल रक्षकमा विमल पान्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, आशिष गुरुङ, रोहित चन्द, सिमान्त थापा, अन्जल महर्जन, छिरिङ लामा, र अन्जन राई रहेका छन् । त्यसैगरी मिडफिल्डरमा एरिक बिस्ट, सुदीप गुरुङ, लाकेन लिम्बू, आवास लामिछाने, उत्सभ राई, विशाल तामाङ, विवेक पौडेल, र कृतिस रत्न छुन्जु अनि फरवार्डमा आयुश घलान, नवयुग श्रेष्ठ, अन्जन बिस्ट, मनिश डाङ्गी, आशिष चौधरी, विमलघर्ती मगर, जिलेस्पी जंग कार्की, दीनेश हेन्जन रहेका छन ।
नेपाली टिमको बन्द प्रशिक्षण अगस्ट १ देखि सुरु हुनेछ ।