देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फ्रान्समा हिंसा नियन्त्रण गर्न ४० हजार प्रहरी तैनाथ

देशान्तर

फ्रान्समा चौथो दिनसम्म पनि हिंसा जारी रहेको छ । एक १७ वर्षीया युवाको प्रहरीले गोली हानेर मारे पछि सोको विरोधमा सयौं मानिसहरूले विरोध प्रदर्शन गरिरहेका छन्।

सो क्रममा आन्दोलनकारीले सवारी साधन, पसल, विद्यालय र सार्वजनिक पुस्तकालयमा आगजनी गरिरहेका छन् ।

बीबीसीका अनुसार प्रदर्शनकारीले प्रहरीमाथि पटाका समेत प्रहार गरेका छन् । फ्रान्सको आन्तरिक मन्त्रालयले सो हिंसा नियन्त्रण गर्नका लागि अहिले फ्रान्सका सडकमा ४० हजार प्रहरी तैनाथ गरेको छ ।

सो हिंसामा संलग्न रहेको आरोपमा प्रहरीले हालसम्म ८७५ प्रदर्शनकारी पक्राउ गरेको छ । प्रहरीका अनुसार यी प्रदर्शनकारीहरूमध्ये अधिकांश १४ देखि १८ वर्षका किशोरकिशोरीहरू रहेका छन्।

फ्रान्स २४ को रिपोर्ट अनुसार प्रदर्शनकारीहरूले तीन दिनमा ४ सय ९२ भवनमा क्षति पुर्याएका छन् भने २ हजार सवारीसाधनमा आगजानी गरेका छन ।

सो क्रममा ३८ सय ४८ अन्य स्थानमा आगजानी र तोडफोड भएका छन् ।

गत जुन २७ मा फ्रान्सको राजधानी पेरिसको उपनगरीय इलाका नान्तेरेमा ट्राफिक सिग्नलमा नरोकेपछि १७ वर्षीय बालक नाहेललाई प्रहरीले गोली हानेको थियो ।

ड्राइभिङ लाइसेन्स नभएका अफ्रिकी मुलका ती किशोरलाई गोली हानेर प्रहरीले मारेको भिडियो सामाजिक सञ्जालमा सार्बजनिक भए पछि पेरिसमा एक्कासी हिंसा र दंगा फैलिन पुगेको हो ।