देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अशोक अस्ट्रेलिया जाने

देशान्तर

नेपालका अशोक खड्काले अस्ट्रेलियाको ब्रिसबेनमा आयोजना हुने तीन प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने हुनुभएको छ ।

वल्र्ड तेक्वान्दोको आयोजना र अस्ट्रेलिया तेक्वान्दोको संयोजनमा वल्र्ड र्याङकिङ जि टु इभेन्टका तीन प्रतियोगिता डब्लुटी प्रेसिडेन्ट कप ओसियाना, अस्ट्रेलिया ओपन र ओसियाना तेक्वान्दो ओपनमा नेपालका अन्तर्राष्ट्रिय रेफ्री अशोकले पुम्से विधातर्फ रेफ्रीको भूमिकामा खेल सञ्चालन गर्नुहुनेछ ।

ती प्रतियोगिता जुलाई ६ देखि ९ तारिखसमम हुनेछ । अशोकका अनुसार ती प्रतियोगितामा नेपालका कमल श्रेष्ठ र मनोज श्रेष्ठले पुम्सेमा प्रतिस्पर्धा गर्नुहुनेछ । अशोक आइतबार अस्ट्रेलिया प्रस्थान गर्नुहुनेछ । अशोक क्यारोगी, पुम्से र पारा तीन वटै विधाका नेपालका एक मात्र अन्तर्राष्ट्रिय रेफ्री हुनुहुन्छ ।

अशोक इन्टरनेसनल पुम्से÷डान एक्जामिनर कोर्समा सहभागी हुन अस्ट्रेलियाबाटै दक्षिण कोरिया प्रस्थान गर्नुहुनेछ । विश्व तेक्वान्दोको सर्वोच्च संस्था कुकिवोन, कोरियाको आयोजनामा सो कोर्स जुलाई १२ देखि १४ तारिखसम्म हुँदैछ । सो कोर्स सकिएपछि दक्षिण कोरियामा नै हुने सियोगनाम ओपनमा पनि अशोकले रेफ्रीको भूमिका निर्वाह गर्नुहुनेछ ।

खेलाडी र प्रशिक्षकको रुपमा पनि उत्तिकै सक्रिय अशोकले विश्वका विभिन्न स्थानमा भएका ३५ भन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायक बनि सक्नुभएको छ ।