देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मगस, टिभ्स र एनआईसीलाई उपाधि

देशान्तर

मगस, टिभ्स र एनआईसीले प्रथम हिमालय एसइइ बास्केटबल तथा फुटसल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । थ्री बाइ थ्री बास्केटबलको ब्वाइजमा मगस र गल्र्समा टिभ्स च्याम्पियन बने । ब्वाइज फुटसलमा एनआईसी पहिलो भयो ।

कोटेश्वरस्थित आयोजक हिमालय स्कुल/कलेजको कोर्टमा भएको ब्वाइज बास्केटबल फाइनलमा मगसले विनायक सिद्ध (भीएस) लाई १५–१४ को साँघुरोअन्तरले पराजित ग¥यो । बास्केटबलकै गल्र्सको उपाधि भिडन्तमा टिभ्सले ब्राभोलाई ६–४ ले हरायो ।

ब्वाइजमा मगसका आशिष थापा मगर तथा गल्र्स टिभ्सकी पेम्बा डोल्मा शेर्पा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

ब्वाइज फुटसल फाइनलमा एनआईसी पहिलो तथा आयोजक हिमालय दोश्रो भए । एन्जल्स लर्डका सुशिल कुमाल उत्कृष्ट खेलाडी चुनिए ।

बास्केटबल र फुटसल दुवैमा पहिलो हुने १० हजार तथा दोश्रोले ५ हजार नगद पुरस्कारसहित ७५ प्रतिशत छात्रवृत्ति पाए ।

सहभागी टिमका प्रत्येक सदस्यलाई पनि प्रोत्साहन स्वरुप ५० प्रतिशत छात्रवृत्ति प्रदान गरियो ।

विजेतालाई हिमालयका प्रिन्सिपल रामहरि सिलवाल, प्रमुख कार्यकारी अधिकृत नरेन्द्रबहादुर अधिकारी र बास्केटबल प्रशिक्षक सञ्जय प्रजापतिले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

दुईदिने प्रतियोगिताअन्तर्गत बास्केटबलको ब्वाइजमा ५० तथा गल्र्समा १६ गरी ६६ तथा फुटसलमा ८ ब्वाइज टिम सहभागी थिए ।