देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रअ को नयाँ प्रमुखमा रवि सिन्हा नियुक्त

देशान्तर

काठमाडौं । भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ)को नयाँ प्रमुखमा रवि सिन्हा नियुक्त भएका छन्। वरिष्ठ आईपीएस अधिकारी सिन्हाले जुन ३० बाट आफ्नो कार्यभार सम्हाल्ने छन्। सिन्हा भारतीय पुलिस सेवा आईपीएसको १९८८ ब्याचको छत्तिसगढ क्याडरका अधिकारी हुन्। उनी २ वर्षको कार्यकालका लागि (रअ) को प्रमुख नियुक्त भएका हुन्।

हाल (रअ)  प्रमुख सामन्त गोयल छन्। सामन्तको कार्यकाल यही जुन ३० तारिखमा सकिँदैछ। सिन्हा क्याबिनेट सचिवलालयमा विशेष सचिव पदमा कार्यरत छन्। भारत सरकारको मन्त्रिपरिषद्‌ले उनलाई २ वर्षका लागि रअ प्रमुख नियुक्त गरेको हो।