देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कुशीनगरको एक आवासीय भवनमा आगलागी : पाँच जना बालबालिकासहित छ जनाको मृत्यु

देशान्तर

काठमाडौं । कुशीनगरको एक आवासीय भवनमा आगलागी हुँदा पाँच जना बालबालिकासहित छ जनाको मृत्यु भएको छ ।
कुशीनगरको रामकोली थाना क्षेत्रको उर्धा गाउँको एक आवासीय भवनमा गएराति भीषण आगलागी हुँदा एक जना महिला र पाँच बालबालिका सहित छ जनाको मृत्यु भएको हो । आगलागीको कारण भने अहिलेसम्म थाहा हुन सकेको छैन । सुतिरहेको अवस्थामा महिला र बालबालिकाको मृत्यु भएको हो ।
आगालागीको खबर प्राप्त हुनासाथ दमकलले घटनास्थलमा पुगेर आगो निभाएको थियो ।