देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अफगानिस्तानका सात प्रान्तमा भिषण बाढी

देशान्तर

अफगानिस्तानका सात प्रान्तमा वर्षा र बाढीका कारण जनधनको क्षति भएको छ ।

सो बाढीमा परेर अहिलेसम्म छ जनाको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन ।

तालिबान नेतृत्वको प्राकृतिक प्रकोप व्यवस्थापन मन्त्रालयका प्रवक्ता शफिउल्लाह रहिमीले अफगानिस्तानका विभिन्न प्रान्तमा आएको बाढीका कारण ६ जनाको मृत्यु भएको तथा दर्जनाै घाइते भएको बताए । बाढीका कारण ३० घर ध्वस्त भएका छन् भने सयौं पशुपंक्षी मारिएका छन् ।

अफगानिस्तानका धेरै प्रान्त बाढी र आँधीबाट प्रभावित भएका छन् । जसमा कुनार, नुरिस्तान, बदख्सान, पक्तिया, तखर, घोर र परवान पर्छन्।

यसअघि सलाङ र बडाखस्तान, तखार, बाघलान, नुरिस्तान, कुनार, लघमान, काबुल, लोगर, मैदान वर्दक, परवान र कपिसा प्रान्तमा १० देखि २५ मिलिमिटर वर्षा भएको अफगानिस्तानको मौसम विभागले जनाएको छ ।