देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फिफ यु २० विश्वकपको उपाधि उरुग्वेलाई

देशान्तर

यू–२० फिफा विश्वकप पुरुष फुटबलको उपाधि उरुग्वेले जितेको छ ।

अर्जेन्टिनामा भएको फाइनलमा इटालीलाई १–० गोल अन्तरले पराजित गर्दै उरुग्वेले उपाधि उचालेको हो ।

अतिरिक्त समयतर्फ धकेलिन लागेको खेलको ८६ औं मिनेटमा उरुग्वेले गोलको खडेरी तोडेको थियो ।

उरुग्वेका लुसियानो रोड्रिगेजले गोल गर्दै उपाधि नै दिलाए । उरुग्वेले फाइनल खेलेको तेस्रो पटकमा उपाधि उचलेको हो ।

यसअघि मलेसियामा भएको फाइनलमा १९९७ मा अर्जेन्टिनासँग पराजित भएको थियो भने २०१३ मा टर्कीमा फाइनल खेल्दा फ्रान्ससँग पराजित भएको थियो ।

इटाली पनि पहिलो पटक फाइनल खेलेको थियो । इटाली २०१७ मा भने तेस्रो स्थानमा रहेको थियो ।

फिफा यू २० विश्वकप सर्वाधिक जित्ने राष्ट्र अर्जेन्टिना हो भने दोस्रो स्थानमा ब्राजिल रहेको छ ।

अर्जेन्टिनाले सर्वाधिक ६ पटक उपाधि जितेको छ । ब्राजिलले भने ५ पटक जितेको छ ।

पोर्चुगल र सर्वियाले दुई दुई पकट उपाधि जित्दा उरुग्वे, घाना, स्पेन, रसिया, जर्मनी, इंग्ल्याण्ड, फ्रान्स र युक्रेनले एक एक पटक उपाधि जितेका छन् ।