देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिर्जना


दिउँसो होस् या रात

घाम होस् या जून

सिर्जनाको उज्यालो

घामभन्दा न्यानो

टहटह जूनभन्दा प्यारो

रातको अन्तिम प्रहरलाई

पहरा दिएको मान्छे

धर्तीको सबभन्दा अग्लो मुलुकबाट

चियाइरहेको मान्छे

खोजिरहेको छ, हेरिरहेको छ

केवल सिर्जना, मात्र सिर्जना ।

तर त्यसलाई त बन्धकीमा राखेछन्

हल्लै हल्लाको होहल्लाबीच

एउटा रोमाञ्चकारी अनुष्ठान गरेर

विसर्जनको लावालस्कर

कहिले नसकिने पट्यारलाग्दो जात्रा

नयाँ युगको सारंगी रेटेर

न सुर छ, न ताल

ताल सुर नमिलेको त्रिताल

मुलुक नै विसर्जनको यात्रामा हेलिएको बेला

त्यहाँ के को प्रज्ञा ?

के को सिर्जना ?