देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वेस्ट ह्याम युरोपा कन्फ्रेस लिग च्याम्पियन

देशान्तर

वेस्ट ह्याम युनाइटेड युरोपा कन्फ्रेन्स लिगको च्याम्पियन बनेको छ ।

इटालियन क्लब फियोरेन्टिनालाई २–१ ले पराजित गर्दै इंग्लिस क्लब वेस्ट ह्याम कन्फ्रेन्स लिगको च्याम्पियन बनेको हो ।

चेक रिपब्लिकमाको फोर्टुना एरिना प्राहामा  बुधबार राति भएको खेलको पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको थियो ।

तर, दोस्रो हाफको ६२औं मिनेटमा सेड बेनरहमाले पेनाल्टीमा गोल गर्दै वेस्ट ह्यामलाई १–० को अग्रता दिलाउन सुरु गरेका थिए । तर, ६७औं मिनेटमा फियोरेन्टिना जियाकोमो बोनोभेन्चुराले गोल फर्काए पछि खेललाई १–१ को बराबरीमा रहन आयो ।

त्यसपछि अतिरिक्त समयमा जरोड बोवेनले गोल गरे पछि वेस्ट ह्याम कन्फ्रेन्स लिगको च्याम्पियन बन्न पुग्यो ।