देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विवादास्पद नक्साका बारे बंगलादेशले भारत संग प्रष्टीकरण माग्ने

देशान्तर

काठमाडौ । भारतले आफ्नो संसद् भवनमा राखेको विवादास्पद नक्साका बारेमा बंगलादेशले प्रष्टीकरण माग्ने भएको छ । यसका लागि सरकारले आफ्नो भारतीय मिसनलाई निर्देशन दिएको छ ।

बंगलादेशका विदेश राज्यमन्त्री सहरियार आलमले ढाकामा पत्रकारसँग कुरा गर्दै अवामी लिगको सरकार, नेपाल र पाकिस्तानमा समेत विरोध भइरहेको नक्शाबारे प्रष्टीकरण माग्ने प्रक्रियामा रहेको बताएका हुन् । बंगलादेशको विपक्षी बंगलादेश नेसनालिस्ट पार्टीले भारतीय नक्सा आफ्नो देशको सार्वभौमिकता र स्वतन्त्रताका लागि चुनौतीका हुन सक्ने भन्दै विरोध जनाएको थियो ।
गत २८ मे मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ संसद् भवनको उद्घाटन गरेका थिएँ, जहाँ राखिएको मुरल नक्साबारे नेपालमा पनि विरोध भैरहेको छ ।