देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मधेश प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

देशान्तर

मधेश प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ ।

मधेस प्रदेश सरकारले आज आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो । जसका लागि दिउँसो ३ बजे प्रदेशसभा बैठक बोलाईएको छ ।

जसअनुसार मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

अर्थमन्त्री संजय कुमार यादवले मधेस प्रदेश सरकारले नमुना १०० आयोजनाहरुको घोषणा गरेर कार्यान्वयनमा ल्याइने जनाई सकेका छन् ।

उनका अनुसार नीति तथा कार्यक्रममार्फत पुरानो योजनाहरूलाई निरन्तरता दिदैँ मुख्यतः शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिइनेछ ।