देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चीनले क्यानडा दूतावासमा कार्यरत कूटनीतिकर्मीलाई गर्‍यो देशनिकाला

देशान्तर

एजेन्सी । चीनको परराष्ट्र मन्त्रालयले शाङ्हाईस्थित क्यानडाको वाणिज्य दूतावासमा कार्यरत एक कूटनीतिकर्मीलाई देश छोडेर जान आदेश दिएको छ ।

क्यानडाकी कूटनीतिकर्मी जेनिफर लिन लालोन्देलाई मे १३ सम्ममा चीन छोड्न मन्त्रालयको वेबसाइटमा प्रकाशित विज्ञप्तिमा भनिएको छ ।

आफ्ना कूटनीतिकर्मीलाई निकालिएपछि चीनले पनि प्रतिकारात्मक कारवाही गर्दै क्यानडेली कूटनीतिकर्मीलाई देशनिकाला गरेको हो ।

यसअघि क्यानडाले टोरन्टोमा कार्यरत चिनियाँ कूटनीतिकर्मी चाओ वेलाई पाँच दिनभित्र देश छोडेर जान भनिएको थियो । चाओले विपक्षी कन्जर्भेटिभ पार्टीका सांसद माइकल चोङ तथा हङकङमा रहेका उनका नातेदारहरूलाई धम्की दिएको भनी क्यानडाको गुप्तचर निकायले खुलासा गरेपछि क्यानडा छोडेर जान भनिएको हो ।