देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

१० दिन ध्यान गर्न नेपाल आइपुगे आमिर खान

देशान्तर

काठमाडौं । भारतका चर्चित अभिनेता आमिर खान नेपाल आइपुगेका छन् । उनी, आज बिहान १० बजे भिस्तारा एयरलाइन्सबाट नेपाल आइपुगेका हुन् ।

आमिर १० दिनसम्म नेपालमा रहनेछन् । उनी बुढानिलकण्ठमा रहेको विपस्यना ध्यान केन्द्रको कार्यक्रममा सहभागी हुन नेपाल आइपुगेका हुन् । उनलाई व्यवसायीहरुले विमानस्थलमा स्वागत गरेका थिए ।
आमिर विमास्थलबाट सोझै ध्यान केन्द्रमा पुगेका छन् । आमिर यसअघि पनि नेपाल आइसकेका छन् । बुढानिलकण्ठस्थित विपश्यना केन्द्रमा १० दिन समय विताउने कार्यतालिका रहेको छ ।