देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गीतकार पुष्पा खनालका दुई गीत सार्वजनिक

देशान्तर

काठमाडौं । गीतकार पुष्पा खनालका दुई गीत माया केवल माया र जिउनुपर्छ आज सार्वजनिक गरिएका छन् । नेपाल स्रष्टा समाजले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा यी गीतहरू सार्वजनिक गरिएका हुन् । गीतकार खनालकी आमा दमन्ता खनालको जन्मदिनको अवसर पारेर गीत सार्वजनिक गरिएको हो ।

माया केवल मायामा अञ्जु पन्त र सरोज कोइरालाको स्वर रहेको छ । यसको सङ्गीत यसका गायक सरोज कोइरालाले नै गरेका हुन् । माया केवल मायाको फिमेल भर्सन आज सार्वजनिक गरिएको हो । यसको मेल भर्सन दुई वर्ष अघि नै सार्वजनिक गरिएको थियो । त्यस्तै अर्को गीत जिउनुपर्छ मा नरेन्द्र प्यासीले स्वर र सङ्गीत दुवै दिएका छन् । दुवै गीत गीतकार खनालको युट्युव च्यानल दीपुष्पा क्रियसन्स्मा सुन्न सकिन्छ ।

खनालले प्रत्येक वर्ष आमाको जन्मदिनको अवसरमा गीत सार्वजनिक गर्ने गरेकी छिन् । त्यस्तै आमाको नाममा स्थापना गरिएको दमन्ता खनाल स्मृति नारीस्रष्टा सम्मान पनि यसै दिन अर्पण गरिएको छ । यस पटक धरान सुनसरीकी नारी स्रष्टा यमुना पराजुली अधिकारीलाई दमन्ता खनाल स्मृति नारीस्रष्टा सम्मान प्रदान गरिएको छ ।