देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गाडी चालक दुर्घटनामा परेकोबारे सभापति रविः स्तरहीन बनेर राजनीतिकरण नगर्नु होला

देशान्तर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्ना सवारी चालक दुर्घटनामा परेकोबारे प्रहरीबाट अनुसन्धान भइरहेको बताउनुभएको छ ।

सभापति लामिछानेले आज सामाजिक सञ्जालमार्फत उस्तो बताएका हुन् ।

उनले आफ्ना सवारी चालक शम्भु भनिने दिलबहादुर थापाको स्वास्थ्य अवस्था बिहानको भन्दा सुधारिएको तर स्थिर रहेको जानकारी दिनुभएको छ ।

चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचाररत शम्भुको बारेमा आफूसँग भन्ने कुनै शब्दै नभएको लामिछानेले बताएका छन् ।

चिकित्सक सँग परामर्श गरे अनुसार भगवानको कृपाले उहाँको स्वास्थ्य अवस्था बिहानको भन्दा सुधारिएको उहाँले स्टाटसमार्फत् जानकारी दिनभएको छ ।

सभापति रविले आफू नेता भन्दा पहिले मानिस भएको उल्लेख गर्दै म पनि थाक्छु, गल्छु । मेरा आँखामा पनि आशु आउँछन् । बिन्ती छ,यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोकेर नआउनु होला भन्दै आक्रोश पोख्नुभएको छ ।

उहाँले स्तरहीन बनेर राजनीतिकरण नगर्न पनि आग्रह गर्नुभयो ।

सोमबार विहान ४ बजेतिर लामिछाने नै बस्दै आएको भरतपुर महानगरपालिका(११ को ३ तले घरको छतबाट खसेर उनी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।