देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रियसभा बैठक जारी

देशान्तर

काठमाडौं । राष्ट्रियसभा बैठकको बैठक केही बेर अघि देखि शुरु भएको छ ।

राष्ट्रियसभा बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५र०७६, ०६७र०७७ र ०७७र०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवम् मूल्यांकन प्रतिवेदन २०७९ माथि छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गरिएको छ ।

बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावल थापाले सो प्रतिवेदनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नु भएको हो ।

प्रस्ताव प्रस्तुत गर्दै समितिकी सभापति थापाले समितिको वार्षिक प्रतिवेदन कार्यान्वयनमा केन्द्रित नभएको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ ।

समितिले दिएका निर्देशनहरु कार्यान्वयनमा गर्न पटकपटक सरकारलाई सचेत गराइएपनि सरकारले वास्ता नगरेको पनि उहाँले निष्कर्ष सुनाउनु भयो ।