देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारले महाविपत्तिको बेलाजस्तो सोचेर काम गर्नुपर्छः गगन थापा

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले महाविपत्तिमा जसरी काम गर्नुपर्ने बताउनुभएको थियो ।

नेपाली कांग्रेस मकवानपुर–काठमाडौं सम्पर्क समितिले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महामन्त्री यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, प्रदेशमन्त्रीदेखि स्थानीय तहका वडाध्यक्षले समेत महाविपत्तिको बेलाजस्तो सोेचेर काम गर्नुपर्ने बेला आएको उहाँले बताउनुभयो ।

कार्यक्रममा महामन्त्री थापाले मुलुक संकटमा रहेको बेला सरकारले त्यसलाई महसुस गरेर परिणाम दिने गरी काम गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

महामन्त्री थापाले ठीक ढंगले काम गर्न नसकेमा मुलुकको स्थिति बिग्रदै जाने पनि बताउनुभयो ।