देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मन्त्रालयमा चित्त नबुझेपछि गठबन्धनबाट बाहिरियो सीके राउत नेतृत्वको जनमत पार्टी

देशान्तर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमा फर्काउन हर प्रयास गर्दापनि डा. सीके राउत नेतृत्वको जनमत पार्टी सत्ता गठबन्धनबाट बाहिरिएको छ ।

दाहाल नेतृत्वको सरकारलाई सर्मथन गरेर सरकारमा सहभागी भएको जनमतले मन्त्रालयमा चित्त नबुझेपछि सो पार्टीका मन्त्रीहरुले राजीनामा दिएका हुन् ।

प्रधानमन्त्री दाहाल जनमतलाई सरकारमा फर्काउन प्रयासरत भएपनि कांग्रेसलाई थप मन्त्रालय दिनुपर्ने भएपछि जनमत सरकारबाट बाहिरिएको हो । ।

जनमत पार्टीले छाडेको खानेपानी मन्त्रालयमा कांग्रेसले मन्त्री पठाउने छ । जनमत पार्टीले पनि विकाससँग सम्बन्धित मन्त्रालय पाए मात्र सरकारमा जाने बताउँदै आएको थियो ।

जनमतले माग गर्दै आएको उद्योग मन्त्रालयमा कांग्रेसका रमेश रिजाल मन्त्री बन्नुभएको छ भने जनमतको अर्को रोजाईको मन्त्रालय कृषिमा एकिकृत समाजवादीका बेदुराम भुषाल मन्त्री हुनुहुन्छ ।

हाल प्रधानमन्त्री दाहालसँग कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, खानेपानी मन्त्रालय, परराष्ट्र मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय छन् ।

तीमध्ये वन मन्त्रालय जनता समाजवादी पार्टीको भागमा परेको छ भने बाँकी पाँच मन्त्रालय कांग्रेसले लिने सहमति भइसकेको बताइएको छ ।