देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अर्थतन्त्रको संकट समाधानको लागि वृहत राष्ट्रिय विमर्स गर्नुपर्ने हुन्छः उपाध्यक्ष ढकाल

देशान्तर

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान अर्थतन्त्रको संकट समाधानको लागि वृहत राष्ट्रिय विमर्स गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

मंगलवार नेपाल उद्योग वाणिज्य महासंघको ५७ औँ वार्षिक साधारण सभामा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले सरकारसँग यस्तो प्रश्ताव राख्नुभएको हो ।

उहाँले अहिलेको अवस्था गम्भीर नबन्दै सबै पक्ष मिलेर समाधान गर्नुपर्ने बताउनु भयो । उहाँ सरकार, राष्ट्र बैंक, विकास साझेदार, अर्थविद् तथा निजी क्षेत्रको सहभागितामा वृहत राष्ट्रिय विमर्स गरी अर्थतन्त्रको संकटमोचनको रोडम्याप बनाउनुपर्ने बताउनु भयो ।

उहाँले मुलुकको अर्थतन्त्र संकटको डिलमा रहेको भन्दै सबै सरोकारहरुले समयमा नै विचार गर्दा आर्थिक समस्या समाधान गर्न गाह्रो नहुने बताउनु भयो ।

उहाँले नेपालको जस्तो सानो अर्थतन्त्रलाई केही महिनाभित्र लयमा फर्काउन सम्भव रहेको बताउँदै सरकारले निजी क्षेत्रलाई साथमा लिएर अर्थतन्त्रलाई प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो ।

उहाँले नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीतिमार्फत बजारमा तरलता बढाउने र व्याजदर घट्ने उपकरणहरु ल्याउनुपर्ने बताउनु भयो ।

उहाँले अर्थतन्त्रको मेरुदण्ड निजी क्षेत्र भएको भन्दै निजी क्षेत्रलाई प्रोत्साहान गर्नुपर्ने बताउनु भयो ।

उद्योगी व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभा मंगलबारदेखि काठमाडौंमा शुरु भएको छ ।

होटल याक एण्ड यतीमा आयोजित साधारणसभाले महासंघको नयाँ नेतृत्व चयन गर्नेछ ।

यसै साधारणसभाबाट हाल महासंघका वरिष्ठ उपाध्यक्ष पदमा रहेका चन्द्र ढकाल स्वतः अध्यक्ष हुनेछन् भने नयाँ वरिष्ठ उपाध्यक्ष लगायतका पदका लागि भोली निर्वाचन हुनेछ ।