देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कर्णाली सरकारबाट एमाले बाहिरियो

देशान्तर

सुर्खेत – कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । एमालेका तीन मन्त्रीले मुख्यमन्त्री राजकुमार शर्मालाई राजीनामा बुझाएका छन् । सामाजिक विकासमन्त्री टेकराज पछाईँले  बताए ।

कर्णाली सरकारमा एमालेबाट सामाजिक विकासमन्त्री पछाईँ, उद्योग वातावरण तथा पर्यटनमन्त्रीमा जीतबहादुर मल्ल र आर्थिक मामिला मन्त्रीमा विनोदकुमार शाह रहेका थिए ।

केन्द्रमा गठबन्धन फेरिएसँगै कर्णालीमा एमाले सरकारबाट बाहिरिएको हो ।त्यहाँ एमाले-माओवादीबीच आलोपालोमा मुख्यमन्त्री चलाउने गरी सुरूमा राजकुमार शर्मा मुख्यमन्त्री बनेका थिए ।