देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रदेश नामाकरण विरोधी आन्दोलनमा ज्यान गुमाएका लिम्वुलाई शहीद घोषणा गर्ने

देशान्तर

काठमाडौं । मन्त्रिपरिषद्को बिहान बसेको बैठकले कोशी प्रदेश नामाकरणको विरोधमा विराटनगरमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका पदमबहादुर लिम्बूूलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।

बैठकपछि सञ्चारमन्त्री रेखा शर्माले मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति दिने निर्णय पनि भएको जानकारी दिनुभयो ।

बैठकले कोशी प्रदेश नामाकरणको विरोधमा आन्दोलनरत् पक्षसँग वार्ता गरेर समाधान खोज्ने निर्णय समेत गरेको मन्त्री शर्माले जानकारी दिनुभयो ।

कोशी प्रदेशको नाम खारेज गर्नुपर्ने मागसहित आन्दोलनमा रहेका बेला यही चैत ५ गते विराटनगरस्थित मुख्यमन्त्री कार्यालय अगाडि प्रहरीको लाठी लागेर घाइते भएका ४२ वर्षीय लिम्बुको उपचारको क्रममा मृत्यु भएको थियो ।