देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एलिना चौहान र रमेश श्रेष्ठको आवाजमा “बस मनैमा” सार्वजनिक

देशान्तर

काठमाडौं । रबि मल्लको शब्दरसंगीत,मिठो स्वरकी धनी गायिका एलिना चौहान र सबैको लोक प्रिय गायक रमेश श्रेष्ठको आवाजमा “बस मनैमा” सार्वजनिक भएको छ।

गीतमा रबि मल्लको शब्द–संगीत रहेको छ । उक्त गीतमा मिठो स्वरकी धनी गायिका एलिना चौहान र सबैको लोक प्रिय गायक रमेश श्रेष्ठको स्वर रहेको छ ।

ACOUSTIC डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई दीक्षित पौडेलले संगीत संयोजन र चन्द्र चौधरीले मिक्सिङ–मास्टरिङ गरेका हुन् ।

राहुल बराईलीको निर्देशन,उपेन्द्र भण्डारीको कोरीयोग्राफी रहेको उक्त भिडियोमा समारिका ढकाल र राज शाक्यको अभिनय रहेको छ । नबिन तोलांगे (सुजन)ले छायांकन गरेको भिडियोलाई राज धामीले सम्पादन, कलर गरेका हुन् ।

रमेश श्रेष्ठको प्रस्तुती र मिना श्रेष्ठ निर्माता रहेको “बस मनैमा”  RAMESH SHRESTHA MELODY अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ।