देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विपद् जोखिम न्यूनीकरण र मनोसामाजिक सहयोग सम्बन्धी तालीम

देशान्तर

काठमाण्डौ । राष्ट्रिय युवा गैरसरकारी संस्था महासंघ नेपालले सप्तरीमा विपद् जोखिम न्यूनीकरण र मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग सम्बन्धी तालीम सम्पन्न गरेको छ ।

जापान सरकारको सहयोग र जापान इन्टरनेशनल सपोर्ट प्रोग्रामको साझेदारीमा सप्तकोशि नगरपालिकासँंग समन्वय गरी दुई दिने तालीम हालै सम्पन्न भएको हो । ‘समुदायमा आधारित विपद प्रतिकार्य तथा व्यबस्थापन’ परियोजना अन्तर्गत सप्तकोशि नगरपालिकाका स्थानीय जनप्रतिनिधिहरु र समुदायका महिला स्वास्थ्य स्वयंसेवकहरुका लागि तालीम सन्चालन गरिएको महासंघका केन्द्रिय अध्यक्ष शशि शर्मा मजगैंयाले जानकारी दिएका छन् ।

 

तालिममा सहभागि सप्तकोशि नगरपालिकाका जनप्रतिनिधिहरुलाई विपद् र त्यसबाट हुने असरका सम्वन्धमा सैद्धान्तिक र व्यवहारिक पक्षहरुका बारे जानकारी दिनुका साथै समुदायमा हुन सक्ने विपद्का पहिचान गर्न र विपद् जोखिम न्यूनीकरण गर्न जिम्मेवार बन्ने तरिकाहरु सिकाईएको थियो । त्यसैगरि समुदायका महिला स्वास्थ्य स्वयंसेवकहरु संग मानसिक स्वास्थ्य र प्राथमिक मनोसामाजिक सहयोगको विषयमा सामुहिक छलफल गरिएको थियो । जसमा मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोग भनेको के हो, यस्तो किसिमको सहयोग कसलाई दिने, कसले प्रदान गर्नुपर्छ र कहाँ प्रदान गर्नुपर्छ साथै स्वंय आफुलाई स्वस्थ,सुरक्षित र खुशी राखी सामान्य अवस्थामा रहन वा दैनिक क्रियाकलाप कसरी सुचारु गर्ने भन्ने सम्बन्धमा सिकाईएको थियो । यसका साथै मानव जीवनमा जन्मेदेखि मृत्यु नहुन्जेल सम्म बेला बेलामा आइरहने तनाव व्यवस्थापनका उपाएका विषयमा पनि छलफल गरिएको थियो ।

सप्तकोशि नगरपालिकाका प्रमुख कृष्णराज ढकालले तालीमले समुदायमा सचेतना फैलाएको र यस्ता खालका तालीमहरु आवश्यक रहेको भन्दै नगरपालिकाले पनि कार्यक्रम प्रति अपनत्व ग्रहण गरेको धारणा व्यक्त गरे । तालीममा महेन्द्र तामाङ,सरोजा श्रेष्ठ र सन्ध्या महर्जनले प्रशिक्षण दिएका थिए । राष्ट्रिय युवा गैरसरकारी संस्था महासंघ नेपालले विगत एक दशक देखी वातावरण संरक्षण,विपद् व्यवस्थापन र उद्यमशिलताका सम्बन्धमा पैरवी गर्दै आईरहेको छ ।